|
|
२०८२ फाल्गुन २२
1k views
ललितपुर - ललितपुर- ललितपुर–३ मा जारी प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले फराकिलो अग्रता बनाएको छ। हालसम्म २ हजार १०० मतगणना गरिएको छ ।
रास्वपाकी उम्मेदवार तोसिमा कार्की ले १ हजार ७४६ मत प्राप्त गरेकी छन् । उनलाई नेपाली कांग्रेस का जितेन्द्रकुमार श्रेष्ठ ले १५० मतसहित पछ्याइरहेका छन् ।
यस्तै नेपाल कम्युनिस्ट पार्टी का राजकाजी महर्जन ले १३३ मत प्राप्त गरेका छन् भने नेकपा एमाले का सन्दन थापामगरले ३३ मत प्राप्त गरेका छन् ।
ललितपुर–३ मा शुक्रबार (फागुन २२) बिहान २ बजेदेखि मतगणना सुरु गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बिजनेस पाटी