२०८२ चैत्र २२ | Apr 05, 2026

इरानसँग फलदायी वार्ता भएको ट्रम्पको भनाइ, ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ९
|
1.1k views

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सोमबार तेहरानसँग ‘धेरै राम्रो र फलदायी वार्ता’ पछि इरानको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न आदेश दिएको बताउनुभएको छ।

आफ्नो पूर्व चेतावनी बमोजिम अघि नबढ्न र कारबाही रोक्न अमेरिकी र इजरायली सेनालाई आदेश दिएको उहाँले बताउनुभएको छ। वार्ता यो हप्ता जारी रहनेछ ।

ट्रम्पले सोमबार बिहान आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा लेख्नुभएको छ, ‘संयुक्त राज्य अमेरिका र इरानबीच मध्य पूर्वमा हाम्रो शत्रुताको पूर्ण समाधानको बारेमा विगत दुई दिनमा धेरै राम्रो र फलदायी कुराकानी भएको छ।’

उहाँले भन्नुभएको छ, ‘हप्ताभरि जारी रहने यो रचनात्मक वार्ताको प्रतिवद्धतालाई ध्यानमा राख्दै मैले युद्ध विभागलाई इरानको ऊर्जा प्लान्ट र पूर्वाधारमा सबै सैन्य आक्रमणहरू पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएको छु। यो निर्णय बैठक र छलफलको सफलतामा निर्भर हुनेछ।’

फेसबुकबाट तपाईको प्रतिक्रिया