२०८२ चैत्र २२ | Apr 05, 2026

झापामा ८ महिनामा ७१७ घरेलु तथा साना उद्योग दर्ता

BusinessPati बिजनेस पाटी
|
२०८२ चैत्र ६
|
612 views

चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त अवधिमा कार्यालयमा उद्योगतर्फ ३१६ र वाणिज्यतर्फ ४०१ फर्म दर्ता भएका हुन् । सोही अवधिमा जिल्लामा उद्योगतर्फ ६३५ र वाणिज्यतर्फ ६२७ उद्योग नवीकरण गरिएका छन् ।

सूचना अधिकारी तिम्सिनाका अनुसार जिल्लामा चालु आवको पहिलो आठ महिनामा उद्योगतर्फ एक सय २५ र वाणिज्यतर्फ ८८ गरी दुई १३ उद्योग खारेज हुँदा १२ उद्योगको ठाउँसारी, ३३ उद्योग नामसारी, २३ उद्योगको नाम परिवर्तन तथा ३९ उद्योगले उद्देश्य थपेका छन् । कार्यालयमा आएर उद्योग बन्द गराउनेको सङ्ख्या कम रहे पनि नवीकरण नभएका धेरै उद्योग बन्द भइसकेका उहाँले बताउनुभयो ।

कार्यालयले चालु आवका आठ महिनामा विभिन्न शीर्षकमा रु एक करोड ३५ लाख ५९ हजार आठ सय राजस्व सङ्कलन गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया