|
|
२०८२ माघ १०
1.2k views
ललितपुर -
ललितपुर । युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन ९ईयू० को ऊर्जा बजारमा आफूलाई पूर्ण रूपमा एकीकृत गर्ने लक्ष्य लिएको इन्टरफ्याक्स–युक्रेन समाचार एजेन्सीले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ ।
“सन् २०२७ मा हामी औपचारिक रूपमा युनियनको सदस्य नभए पनि ईयू ऊर्जा बजारमा पूर्ण रूपमा एकीकृत हुनेछौँ“, युरोपेली र यूरो–एटलान्टिक एकीकरणको पुुष्टि गर्दै तारास काचकाले भनेका छन् ।
युक्रेनको संसदले हाल एकीकरणको अन्तिम चरणमा विधेयक तयार गरिरहेको उल्लेख गर्दै अर्को महिना मतदान हुने अपेक्षा गरिएको काचकाले बताउका छन् । सन् २०२५ जुलाई मा, युक्रेनी सांसदहरूले युक्रेन र ईयू बीचको बजारको युग्मन, बिजुली व्यापारका लागि सरलीकृत सर्तहरू, र ईयू ऊर्जा भण्डारहरूमा पहुँच, अन्य उपायहरू बीचको एक आधारको रूपमा मस्यौदा कानून बनाएका छन् ।

बिजनेस पाटी