ललितपुर - ललितपुर – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीद्वारा आयोजित ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले लक्ष्यसहितको प्रतिबद्धता सार्वजनिक गर्नुभएको हो ।
एमालेले ‘समृद्ध नेपाल, सुखी नेपालीः राष्ट्रिय आकाङ्क्षा हाम्रो गन्तव्य’ नारासहित पार्टीलाई विजयी गराउन आग्रह गरेको छ । विगतमा सरकारमा रहँदा थालिएका तर पूरा हुन नसकेका सुशासन, विकास, रोजगारी र सामाजिक न्यायका कामलाई मुख्य प्राथमिकता दिइएको उल्लेख गरिएको छ ।
घोषणापत्रमा तत्काल गर्ने ११ काम, पाँच आधारभूत कार्यक्रम र २५ सङ्कल्प समेटिएको छ । अध्यक्ष ओलीले एमालेले भत्काउने र जलाउने होइन, बनाउने सङ्कल्पका साथ मुलुकको मुहार फेर्ने दाबी गर्नुभयो । उहाँले स्वाधीनता र राष्ट्रियताको पक्षमा पार्टी सधैँ दृढ रहेको स्पष्ट गर्दै कुनै लोकप्रितावाद वा स्टन्टमा केन्द्रित नहुने बताउनुभयो ।

बिजनेस पाटी