युनाइटेड अजोड इन्स्योरेन्सले गर्यो लाभांश वितरणको घोषणा

BusinessPati बिजनेस पाटी
|
२०८२ असार ५
|
102 views

ललितपुर - ललितपुर । युनाइटेड अजोड इन्स्योरेन्स (UAIL)ले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको छ।

बुधबार बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। हाल इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब १० करोड रुपैयाँ रहेको छ ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात इन्स्योरेन्सले उक्त लाभांश वितरण गर्ने भएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube