भद्रपुर–विर्तामोड सडकखण्डमा १० लाख बढीका भन्सार छलीका सामग्री फेला

बिजनेस पाटी बिजनेस पाटी
|
२०८२ फाल्गुन १४
|
867 views

ललितपुर - ललितपुर – स्थानीय प्रशासनले भन्सार छली गरी ल्याउँदै गरिएका अवस्थामा सवारीसाधनसहित रु १० लाख ६८ हजार ५० बराबरको मालसामान बरामद गरेको छ ।

झापा प्रहरीले आज बिहान बिर्तामोड नगरपालिका–८, गरामनीस्थित मदनपुर–विर्तामोड सडकखण्डमा जाँचका क्रममा भन्सार छलीका सामग्रीसहित सवारीसाधन नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार भद्रपुरबाट विर्तामोडतर्फ जाँदै गरेको डब्लु बी ७४ डब्लु १२९६ नम्बरको सुजुकी मारुती भ्यानमा भन्सार छलीका विभिन्न मालसामान फेला परेका छन् ।

उक्त सवारीसाधनमा अटो पार्ट्स, हार्डवेयर सामग्री, इलेक्ट्रोनिक सामान तथा विभिन्न उपभोग्य वस्तु लोड गरी ल्याइएको अवस्थामा भेटिएको थियो ।

बरामद सामग्रीमध्ये हाइड्रोलिक जग सेट, डोर मेसिन, एक्सल मल्टिलक, पाइडल प्लेट, डिजेल पाइप, एलईडी लाइट, फ्लोर्न ग्यास, साइलेन्सर बुस, फ्युल गेजलगायत ५२ प्रकारका सामान रहेका छन् ।

बरामद सवारीसाधन र मालसामान आवश्यक अनुसन्धान तथा कारबाहीका लागि मेची भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

 पात्रो/राशिफल VIDEO  रेडियो