२०८२ चैत्र २१ | Apr 04, 2026

२०२५ मा भेनेजुएलामा ६६ टन लागूऔषध बरामद

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
918 views

ललितपुर – भेनेजुएलाले सन् २०२५ मा करिब ६६ टन लागूऔषध बरामद गरेको जनाएको छ । यो मात्रा अघिल्लो वर्षको तुलनामा ६४.४४ प्रतिशत बढी हो र पछिल्ला दुई दशककै सबैभन्दा ठूलो बरामद मानिएको छ ।

राष्ट्रिय लागुऔषध नियन्त्रण निकायका प्रमुख ड्यानी फेररले संयुक्त राष्ट्रसंघको लागुऔषध सम्बन्धी आयोगको ६९औँ बैठकमा उक्त जानकारी प्रस्तुत गर्नुभएको हो ।

भेनेजुएलाको आन्तरिक मामिला, न्याय तथा शान्ति मन्त्रालयका अनुसार सरकारले लागूऔषध तस्करी नियन्त्रणका लागि अपनाएको नीति र कम्तीमा ११ देशसँगको सहकार्यले यो उपलब्धि हासिल भएको हो ।

फेररले बताएअनुसार सरकारले लागूऔषध तस्करीमा संलग्न अपराधी समूहलाई नियन्त्रण गर्न निगरानी र रोकथाम क्षमतामा उल्लेखनीय सुधार गरेको छ । साथै, देशभित्र लागूऔषध प्रयोग घटाउन सञ्चालन गरिएका रोकथाम र जनचेतना कार्यक्रमहरूले २५ लाखभन्दा बढी नागरिक लाभान्वित भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया