तमिलनाडुका मुख्यमन्त्री विजयद्वारा ७१७ मदिरा पसल बन्द गर्न निर्देशन

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २९
|
102 views

ललितपुर - भारतको तमिलनाडु का मुख्यमन्त्री जोसेफ विजय ले आगामी दुई साताभित्र ७१७ वटा मदिरा पसल बन्द गर्न आदेश दिएका छन् ।

मुख्यमन्त्रीको निर्देशनपछि गरिएको अनुगमनमा ती पसलहरू मन्दिर, विद्यालय र बसपार्कबाट ५०० मिटरभित्र सञ्चालन भइरहेको पाइएको हो ।

    तमिलनाडु सरकारले जारी गरेको विज्ञप्तिअनुसार राज्यमा हाल ४,७६५ वटा मदिरा पसल सञ्चालनमा छन् । त्यसैबीच सार्वजनिक संवेदनशील क्षेत्र नजिक रहेका पसलहरूको पहिचान गर्न मुख्यमन्त्री विजयले निर्देशन दिएका थिए ।

      जाँचका क्रममा ७१७ वटा पसल मापदण्डविपरीत रहेको भेटिएको सरकारको भनाइ छ । तीमध्ये २७६ वटा पसल मन्दिर नजिक, १८६ वटा विद्यालय नजिक तथा २५५ वटा बसपार्क नजिक रहेका छन् ।

      सरकारले ती सबै पसल दुई साताभित्र बन्द गरिसक्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएको छ ।

      मुख्यमन्त्री विजयको यो निर्णयलाई सार्वजनिक स्वास्थ्य, सामाजिक अनुशासन र संवेदनशील क्षेत्रको वातावरण संरक्षणसँग जोडेर हेरिएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube