|
|
२०८३ जेष्ठ २८
357 views

ललितपुर - अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विद्युतीय सवारीसाधनसम्बन्धी कर निर्धारणमा सूचना चुहावट गरेको पुष्टि गर्न चुनौती दिनुभएको छ ।
सार्वजनिक लेखा समितिको आजको बैठकमा उहाँले आफूविरुद्ध नियोजित रूपमा भ्रम फैलाउने र बदनाम गर्ने प्रयास भइरहेको बताउनुभयो ।
‘दुई अर्ब होइन, दुई रुपैयाँ मात्र बेइमानी गरेको प्रमाण दिनुस् । म अर्थमन्त्री र राजनीति मात्र होइन, सार्वजनिक जीवन नै त्यागिदिन्छु,’ अर्थमन्त्री डा वाग्लेले भन्नुभयो, ‘यस्तो नैतिक प्रतिबद्धता अरू राजनीतिकर्मीमा पनि छ ?’

बिजनेस पाटी