उद्योगी व्यवसायीमाथि धरपकडको हल्ला निराधार : अर्थमन्त्री वाग्ले

BusinessPati बिजनेस पाटी
|
२०८३ बैशाख २६
|
255 views

ललितपुर - अर्थमन्त्री Swarnim Wagle ले निजी क्षेत्रका उद्योगी व्यवसायीलाई धरपकड गरिने भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले उद्योगी व्यवसायीलाई थुन्ने सूची सरकारले बनाएको भन्ने चर्चामा कुनै सत्यता नभएको स्पष्ट पारे ।

    उनले भने, निजी क्षेत्रका व्यवसायीलाई थुन्ने वा धरपकड गर्ने कुनै सूची सरकारले बनाएको छैन। तपाईँहरू हल्लाको पछि नपर्नुस्त पाईँहरू हाम्रो साझेदार हो ।

    अर्थमन्त्री वाग्लेले सरकारको १०० बिलियन डलरको अर्थतन्त्र बनाउने योजनामा निजी क्षेत्रलाई मुख्य साझेदारका रूपमा लिइएको बताए ।

      कार्यक्रममा उनले सरकारका पाँच प्राथमिकताबारे पनि जानकारी दिएका छन् । उनका अनुसार पहिलो प्राथमिकता सुशासन, दोस्रो अर्थतन्त्रको पुनरुत्थान तेस्रो आन्तरिक तथा बाह्य कनेक्टिभिटी, चौथो सामाजिक लगानी र पाँचौँ पर्यटन, संस्कृति तथा इतिहासमार्फत सौम्य शक्ति विस्तार रहेको छ ।

      देश अहिले अर्थतन्त्रको “जहाज मोड्ने” अवस्थामा रहेको उल्लेख गर्दै उनले उद्योगी व्यवसायीलाई आगामी बजेटसम्म धैर्य गर्न आग्रह गरे ।

      राजनीतिक स्थायित्व र इमानदारीपूर्वक अघि बढ्दा छिमेकी India ले हासिल गरेको आर्थिक प्रगतिलाई उदाहरण दिँदै उनले Narendra Modi सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै वर्तमान अवस्थासँग मिल्दोजुल्दो रहेको बताए ।

      उनले भने, सन् २०१४/१५ मा प्रधानमन्त्री मोदीले सत्ता सम्हाल्दा भारतको अर्थतन्त्रका केही सूचक नेपालकै अहिलेको हाराहारीमा थिए । तर पछिल्लो १२ वर्षमा भारतले ठूलो फड्को मारेको छ। हामी पनि अब त्यही बाटो लाग्ने बेला भएको छ ।

       पात्रो/राशिफल  रेडियो YouTube