नेपालमा वायु प्रदूषण घटाउन विश्व बैंकद्वारा ७ अर्ब रुपैयाँ ऋण स्वीकृति

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन २७
|
918 views

ललितपुर - ललितपुर – विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन र वायु गुणस्तर सुधारका लागि ७ अर्ब ७ करोड २० लाख ऋण अनुमोदन गरेको छ ।

यस रकम नेपाल क्लिन एयर एण्ड प्रस्पेरिटी प्रजेक्ट अन्तर्गत, उच्च जोखिम भएका काठमाडौं उपत्यका र तराइका केही क्षेत्रहरूमा कार्यान्वयन गरिने जनाएको छ ।

परियोजनाअन्तर्गत करिब ४०० औद्योगिक र व्यावसायिक उद्यमलाई धुँवारहित बनाइने योजना छ ।

बैंकका अनुसार, परियोजना उद्योग विभाग, वन तथा वातावरण मन्त्रालय र वातावरण विभाग मार्फत कार्यान्वयन गरिनेछ ।

 पात्रो/राशिफल  रेडियो YouTube