
ललितपुर - याम्बालिङ्ग हाइड्रोपावर लिमिटेड ले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।
कम्पनीले ७० करोड रुपैयाँ जारी पूँजीको ४० प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता शेयर निष्काशन गर्न अनुमति पाएको थियो । यसमध्ये ७ लाख कित्ता आयोजना प्रभावित स्थानीय र २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई छुट्याएर बाँडफाँट गरिसकेको छ ।
त्यसैगरी, १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषका लागि र ४२ हजार कित्ता कर्मचारीका लागि छुट्याइएको थियो। यी सबै वितरणपछि अब बाँकी रहेको १७ लाख ४३ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याइएको हो, जसको कुल मूल्य १७ करोड ४३ लाख रुपैयाँ बराबर हुन्छ ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारण लगानीकर्ताले वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बिजनेस पाटी















