२०८२ फाल्गुन ३ | Feb 15, 2026

गाली बेइज्जतीको आरोपमा युवराज सफल पक्राउ

BusinessPati बिजनेस पाटी
|
२०८२ माघ १३
|
1.5k views

ललितपुर । गाली बेइज्जती तथा सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको आरोपमा प्रहरीले युवराज सफललाई गरेको छ । उनलाई अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरू गरिएको छ ।

महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी झूटो भिडिओ बनाएको साथै अन्तर्वाता दिएको पाइएको भन्दै प्रहरीले पक्राउ गरेको हो ।

कारबाहीको लागि महान्यायाधिवक्ताको कार्यालयबाट प्रमाणसहित पत्राचार भएबमोजिम अनुसन्धान गर्दा पौडेलले तथ्यहीन कुरा गरेको देखिएकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया