झण्डा जलाइएकोमा माफीको अपील गर्दै युवा संघ सक्रिय

BusinessPati बिजनेस पाटी
|
२०८२ फाल्गुन ८
|
663 views

ललितपुर - ललितपुर – नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा जलाएको घटनामा गम्भीर निन्दा व्यक्त गरेको छ ।

युवा संघका अध्यक्ष महाराज गुरुङले विज्ञप्ति निकाल्दै भने कि आलोचना स्वीकार्ने, तर अवरोध, अराजकता र उच्छृंखलता स्वीकार्य छैन

युवा संघले रास्वपालाई आग्रह गरेको छ कि यथाशीघ्र सार्वजनिक रूपमा माफी मागोस्, यस्ता गतिविधि रोकियोस् र कार्यकर्तालाई अनुशासनमा राखियोस्

यदि बेवास्ता गरियो भने, देशव्यापी सशक्त प्रतिवादमा उत्रिने चेतावनी पनि दिइएको छ ।

 पात्रो/राशिफल  रेडियो YouTube