आइएमईको ‘दशैंमा बिस लाख’ योजनाको पहिलो विजेता बने नेत्रबहादुर

काठमाडौं ३० कार्तिक ।
आइएमईले दशैं, दीपावली र छठलाई लक्षित गर्दै ल्याएको सेवाग्राहीमूखि प्रवद्र्धनात्मक कार्यक्रम ‘दशैंमा बिस लाख’ योजना अन्तर्गत पहिलो महिनाको विजेता घोषणा गरेको छ । क्योदाइ रेमिटेन्स जापानबाट नेपालमा आइएमई गर्ने आइएमई सेवाग्राही नेत्र बहादुर मल्ल सफ्टवेयर पद्वतीमा आधारित ‘लक्की ड्र’ बाट पहिलो महिनाको विजेता घोषित हुनु भएको हो । सेवाग्राही मल्लले नगद एक लाख प्राप्त गर्नु भएको छ ।
आइएमई केन्द्रीय कार्यालय पानीपोखरीमा हालै आयोजित विजेता घोषणा कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, प्रमुख संचालन अधिकृतद्वय खिलेन्द्र पौडेल र रुद्रराज पौडेललेको उपस्थिती रहेको थियो । उपहार स्वरुपको रकम एक लाख आइएमईका प्रमुख कार्यकारी अधिकृ सुमन पोखरेल मार्फत् चेकद्वारा नेत्र बहादुर मल्लको सिफारिस बमोजिम रीता सुनुवारलाई हस्तान्तरण गरिएको छ ।
२०७५ साल असोज ७ गतेदेखि शुरु भई २०७५ साल मङ्गसिर मसान्तसम्म लागु हुने सेवाग्राहीमुखी यस योजना अन्तर्गत अहिलेसम्म मासिक ‘लक्की ड्र’ बाट एकजना, साप्ताहिक ‘लक्की ड्र’ बाट पाँचजना र दैनिक ‘लक्की ड्र’ बाट तीन सयजना सेवाग्राहीहरू विजेता घोषित भएको आइएमइले जनाएको छ ।
योजना अवधिमा विदेश तथा स्वदेशबाट आइएमई गर्ने सम्पूर्ण सेवाग्राही सहभागी हुनसक्नुहुनेछ । स्थापनाकाल देखि नै विभिन्न सेवाग्राहीमूखि र व्यवसायीक साझेदारमूखि योजना सार्वजनिक गर्दै आइरहेको आइएमईले यसपालीका पर्वहरूमा देश विदेशमा रहनुभएका लाखौँ सेवाग्राहीहरूलाई लक्षित गरी प्रवद्र्धनात्मक योजना जारी राखेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया