आर्कषक उपभोक्ता सहकारी संस्थाको छैटौं बार्षिक साधारणसभा सम्पन्न

बिजनेसपाटी १३ अशोज ।
आर्कषक उपभोक्क्ता सहकारी संस्थाले आफनो छैटौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ । ललितपुर लगनखेलस्थीत बार एसोसिएसनको सभाहलमा संस्थाले आप्mनो बार्षिक साधारणसभा कार्यक्रम सम्पन्न गरेको हो । शेयर सदस्यहरुको बाक्लो उपस्थीति रहेको सभामा संस्थाका अध्यक्ष दिपकप्रसाद घिमिरेले सभापतित्व गरेका थिए ।
सभामा ललितपुर जिल्ला सहकारी संघका उपाध्यक्ष रामशरण बस्नेत प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अतिथिहरुमा बौद्धिक उपभोक्क्ता सहकारी संस्थाका अध्यक्ष एवं महालक्ष्मी नगरपालिकाका वडा नं १ का अध्यक्ष नन्दकुमार न्यौपाने, रिसर्च नेपालका प्रमुख डा भरत बडाल, आर्कषक सहकारीका संस्थापक अध्यक्ष गोपाल प्रसाद दुलाल, आरोग्य स्वास्थ्य सदनका प्रबन्ध निर्देशक तथा बिजनेसपाटी अनलाइनका अध्यक्ष हरिप्रसाद तिमल्सिना, निमार्ण व्यवसायी खडानन्द बजगाँई लगायत रहेका थिए ।

प्रमुख अतिथि रामशरण बस्नेतले आर्कषक उपभोक्क्ता सहकारी संस्था नमुना सहकारी भएको भन्दै संस्थाको उन्नती प्रगतीका लागि आफुले संस्थागत तथा ब्यक्तिगत रुपले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाए । राज्यले सहकारीहरु प्रति अझै पनि शंकाको हिसावले हेर्ने गरेको भएपनि बैक फाइनान्सहरु भन्दा पनि सहकारी नै जनताको बचत सुरक्षा र आपसी सहयोगको भरपर्दो माध्यम भएको उनले बताए । त्यसैगरी सभामा आफनो मन्तब्य प्रस्तुत गरेका बौद्धिक उपभोक्क्ता सहकारी संस्थाका अध्यक्ष एवं महालक्ष्मी नगरपालिकाका वडा नं १ का अध्यक्ष नन्दकुमार न्यौपानेले आर्कषक सहकारीले जनताको स्वास्थ्य प्रति चिन्ता गर्दै अत्यन्तै स्वास्थ्यबर्दक वस्तुहरु उत्पादन तथा बजारिकरण गरेको प्रति आफुलाई असाध्यै खुशी लागेको र त्यस अभियानमा आफुले पनि हरतरहले सहयोग गर्ने बताए । त्यसैगरी रिसर्च नेपालका प्रमुख डा भरत बडालले कृषि र जडिबुटिको माध्यमबाट मात्रै मुलुकको आर्थिक सम्बृद्धि हुने जनाउँदै सहकारीको अभियान निकै प्रसंशनीय रहेको बताए । त्यसैगरी आर्कषक उपभोक्क्ता सहकारी संस्थाका संस्थापक अध्यक्ष गोपाल प्रसाद दुलालले आफुहरुले ठुलो लक्ष्य उदेश्यसाथ यस संस्था खोलेको र ठुलो संर्घषका बावजुत संस्था अघि बढेको बताए ।

सभामा संस्थाका अध्यक्ष दिपक प्रसाद घिमिरेले संस्थाको प्रगती प्रतिबेदन प्रस्तुत गर्दै आगामी लक्ष्य उदेश्यबारे प्रकाश पारेका थिए । अध्यक्ष घिमिरेले संस्थाको प्रोडक्टहरुलाई राष्ट्रिय स्तरमा मात्र नभइ अन्र्तराष्ट्रिय स्तरमा पु¥याउने संस्थाको लक्ष्य भएको र आफु त्यसको लागि पर्ने बताए । उनले छिट्टै ललितपुरमै रहेको कुटोकोदालो सहकारीसँग मर्जर गरेर सस्थाको बृहत लक्ष्य उदेश्य हासिल गर्ने कुरामा जोड दिए । कुटोकोदालो सहकारी र आर्कषक सहकारी दुबैको उस्तै प्रकारको लक्ष्य उदेश्य भएको, शेयर सदस्यहरु पनि ३५ प्रतिशत भन्दा बढी उस्तै रहेको कारण पनि मर्जर गर्न लागिएको बताए । सभामा सस्थाका उपाध्यक्ष श्यामराज बजगाँइले स्वागत मन्तब्य राखेका थिए । त्यसैगरी संस्थाका कोषाध्यक्ष कुबेर केसीले कोषाध्यक्षको प्रतिबेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखा समितिको तर्फबाट संयोजक दिनेश गौतमले आफनो प्रतिबेदन प्रस्तुत गरेका थिए । छैटांै साधारण सभाले संस्थामा राम्रो कार्य गरे बापत कर्मचारीद्धय एम्प्रसा लामा र स्वतिका दंगाललाई नगद सहित प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो । सभाले प्रस्ताबित कुटोकोदालो कृषि सहकारी संस्थालाई मर्ज गर्ने सहित विभिन्न ८ विषयहरु उपर छलफल गरी पारित गरेको थियो । सभाको उदघोषण संस्थाका सञ्चालक सदस्य नबिन नगरकोटीले गरेका थिए ।
सातदोबाटो केन्द्रिय कार्यालय रहेको आर्कषक उपभोक्क्ता सहकारी संस्थाले स्वदेशी जडिबुटिहरुको उपयोग गरी विभिन्न स्वास्थ्यबद्र्धक प्रोडक्टहरु उत्पादन तथा बजारिकरण गर्दै आइरहेको छ । खासगरी संस्थाले ग्रीन टी, स्लीम टी, हर्बल साबुन, मसाज तेल, मोरिङगा लगायतका विविध प्रोडक्टहरु उत्पादन तथा बजारिकरण गर्दै आइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया