एनआईसी एशिया बैंक र ओम हस्पिटलबिच सम्झौता

बिजनेसपाटी १५ श्रावण ।

एनआईसी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल बिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका चिफ मार्केटिङ्ग अफिसर जयन्द्र रावल र हस्पिटलको तर्फबाट ओम हस्पिटल एण्ड रिसर्च सेन्टरका म्यानेजिङ्ग डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया