एनआईसी एशिया बैंकको चाडपर्ब विशेष विप्रेषण अफर

बिजनेसपाटी २ अशोज ।

“चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै” भन्ने नारा सहित एनआईसी एशिया बैंकले दशै तिहार, छठको शुभ उपलक्ष्यमा ग्राहकलाई आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरेको छ । रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नेछन् । यो सुविधा आगामी आश्विन, कात्र्तिक एवं मङ्सिर महिनासम्म लागि रहने बैकले जनाएको छ । योे समयमा ग्राहक महानुभावहरुले रकम पठाउँदा उच्च लाभ प्राप्त हुने र सहज तवरबाट यस बैंक मार्फत सजिलै रकम पठाउन र निकाल्न सकिने छ । यस बैंकले २०७५ आश्विन १ देखि २०७५ मङ्सिर २९ सम्म बैंकले एन आई सी रेमिट मार्फत रकम पठाउने आफ्ना समस्त ग्राहकहरुलाई ३ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया