एभरेष्ट बैंकले २ अर्ब ७० करोड लाभांश वितरण गर्न सक्ने

बिजनेसपाटी १९ श्रावण

एभरेष्ट बैंकले शुक्रबार वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रकाशित गरेको विवरण अनुसार बैंकको खुद नाफा ३५.८९ प्रतिशतले बढेर दुई अर्ब ७८ करोड पुगेको छ । बैंकले अघिल्लो बर्ष भने २ अर्ब ५  करोड नाफा कमाएको थियो ।

वित्तीय विवरणमा बैंकले आफ्ना शेयरधनीलाई २ अर्ब ७० करोड ४७ लाख रुपैयाँ लाभांश वितरण गर्न सक्ने उल्लेख छ । बैंकको जगेडा कोषमा ७ अर्ब ८० करोड ५४ लाख सञ्चित रहेको छ । बैंकको चुक्ता पूँजी ८  अर्ब १० करोड ६८ लाख रुपैयाँ छ ।

बैंकले १ खर्ब १४ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ७७ करोड कर्जा लगानी गरेको छ । बैंकले १० अर्ब १५ करोड ८४ लाख ब्याज आम्दानी गरेको छ भने ५ अर्ब २३ करोड ३६ लाख ब्याज खर्च गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत, प्रतिशेयर आम्दानी ३४.३७ रुपैया तथा प्रति सेयर नेटवर्थ १७८.४३ रुपैया र मूल्य आम्दानी अनुपात २०.९१ गुणा कायम छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया