जनता बैंकले सञ्चालनमा ल्यायो ‘मेरो तलब खाता’
काठमाडौं,११ भदौ ।
कर्मचारीको पारिश्रमिक बैक खाता मार्फत भुक्तानी गर्नुपर्ने अनिवार्य ब्यवस्थालाई सहज बनाउन जनता बैंकले मेरो तलब खाता सञ्चालनमा ल्याएको छ ।
जनता बैंकले आकर्षक व्याजदर, बीमा तथा अन्य धेरै सुविधा सहित मेरो तलव खाता संचालनमा ल्याएको हो । मेरो तलव खातामा शुन्य मौज्दातमा खाता खोल्न सकिने बैंकले बताएको छ । त्यस्तै वार्षिक व्याज दर ७ प्रतिशत ब्याज,दैनिक मौज्दातमा त्रैमासिक व्याज भूक्तानी, निशुल्क भिसा डेभिड कार्ड समेत पाइने सुविधा रहेको छ । ।
निःशुल्क दुर्घटना (मृत्यु) बीमा सुविधा(७ लाख रुपैयाँसम्म) रकम पाउने व्यबस्था गरेको छ साथै निःशुल्क एविबीएस सुविधामा २ लाख रुपैयाँसम्मको कारोबार गर्न पाउने सुविधा रहेको छ । हाल देशभरीबाट बैंकले १२२ शाखा संजाल, ४० शाखा रहित बैंकिङ्ग, २ सिमित बैंकिङ ईकाइ, २ एक्सटेन्सन काउन्टर र ७० एटिएमबाट सेवा प्रदान गरिरहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया