जनता बैक र सिटिजन लाइफ इन्स्योरेन्सबी बैंकासुरेन्स सम्झौता

बिजनेसपाटी १७ पौष

जनता बैक र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी बिच बैंकासुरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहकहरुलाई एकद्वार सेवा प्रणाली मार्फत बिमा सेवा दिने अभिप्रायले इन्स्युरेन्स कम्पनीहरुसँग संझौता गर्ने क्रममा आज सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी सँग पनि संझौता सम्पन्न भएको हो ।

जनता बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्री र सिटिजन लाइफ इन्स्यूरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले बैंकासुरेन्स सेबा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । यस सम्झौता पश्चात ग्राहकहरुले जनता बैंकको देशभरी रहेका सबै १२८ शाखाहरुबाट छिटो, छरितो तथा सहज रुपमा जिवन बिमा गर्न सक्नेछन् । साथै शाखाहरुबाटै बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया