नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओमा आवेदन दिने समय सकिँदै

काठमाडौं १५ फागुन, २०८१ । आइतबारदेखि सर्वसाधारणका लागि खुल्ला गरिएको नेपाल माइक्रो इन्स्योरेन्सको आइपिओ बिक्रीमा आवेदन दिने आज अन्तिम दिन हो ।
हिजो (बुधबार) सम्म आवेदन मागभन्दा ११.०५ गुणा बढी परिसकेको छ । हिजोसम्म कम्पनीको आइपिओमा दुई अर्ब चार करोड एक लाख ९२ हजार रूपैयाँ बराबरको दुई करोड चार लाख एक हजार ९२० कित्ताको लागि आवेदन परिसकेको छ ।
नेपाल माइक्रो इन्सोसेन्स कम्पनीले कम्पनीका कर्मचारी, वैदेशिक रोजगारीमा रहेका नेपाली र सामूहिक लगानी कोषहरूलाई निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले जारी पुँजी ७५ करोड रूपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको थियो।
आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। खुल्ला गरिएको चौथो दिनमै ११.०५ गुना बढी आवेदन परिसक्दा आज दिनभरमा आवेदकको संख्यामा अझ निकै वृद्धि हुने देखिन्छ । यसल धेरैको हात खालि हुन जान्छ ।
यस अघि नै २ करोड २५ लाख रूपैयाँ बराबरको २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिसकेको छ भने आफ्ना कर्मचारीहरूका लागि ६७ हजार ५०० कित्ता छुटइसकेको छ । त्यसैगरी सामूहिक लगानी कोषहरूलाई १ लाख १२ हजार ५०० कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरिसकेपछि बाँकी रहेको १८ करोड ४५ लाख रूपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका आवेदन खुल्ला गरेको हो ।
इच्छुक लगानीकर्ताहरुले आज साँझसम्म आवेदन दिन सक्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया