नेपालमा रहेकाे पाँच करोड भारु अझै साटिएन
काठमाडौं १५ भाद्र
पाँच सय र हजारदरका भारतीय नोट चल्तीबाट हटेको दुई वर्ष भइसक्दा पनि भारतले साट्न नमान्दा बैंकिङ प्रणालीमा अझै करिब ८ करोड –पाँच करोड भारु) रुपैया बराबरका नोट निक्रिय छ। पछिल्लाे महिना भारतीय पक्षले नोट सटहीसम्बन्धी कुरा सुन्नै छाडेको जानकारहरुले बताए।
भारतीय केन्द्रीय बैंकले बुधबार सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा ९ नोभेम्बर २०१६ को नोटबन्दी कारण प्रतिबन्धित पाँच सय र हजारका नोटमध्ये हालसम्म ९९.३ प्रतिशत फिर्ता भइसकेको जनाएको खबर छ। नेपालमा रहेका भारु नोट प्रति प्रतिवेदन मौन छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया