प्रभु बैंकको डडेल्धुरामा नवदुर्गा शाखा
काठमाडौँ माघ २७
विजनेशपाटी / संघीय संरचना अनुसार गठित विभिन्न स्थानीय तहमा आप्mनो शाखा विस्तार गर्ने क्रममा प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा–४मा नवदुर्गा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त अवसरमा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत सर्वसाधारणको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि नवदुर्गा गाउँपालिकाका अध्यक्ष श्री कविन्द्र विष्टले बैंकले गाउँगाउँमा पुगेर बैंकिङ्ग सेवा विस्तार गर्न आग्रह गर्नु भएको प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनद्धारा प्रेसित विज्ञाप्तिमा जनाएको छ । बैंकको उद्घाटन नवदुर्गा गाउँपालिकाका अध्यक्ष श्री कविन्द्र विष्टको प्रमुखबाट उद्घाटन गर्नु भएको थियो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया