माछापुच्छ्रे बैंकको सुपर एजेण्ट बन्यो जीएमई रेमिट

बिजनेसपाटी २७ श्रावण ।
माछापुच्छ्रे बैंकले जीएमई रेमिट प्रालिलाई बैंकको सुपर एजेण्टको रुपमा नियुक्त गरेको छ । सम्झौता पश्चात एमबीएल रेमिटको भुक्तानी जीएमईको ७ हजार भन्दा बढी एजेण्टहरुबाट हुनुका साथै जीएमईको भुक्तानी बैंकका सबै शाखाहरुबाट हुनेछन् । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र जीएमई रेमिट प्रालिका तर्फबाट प्रवन्ध निर्देशक दिवाकर पौडलले हस्ताक्षर गरे ।
सोे सम्झौतासँगै दक्षिण कोरिया, यु.ए.ई., कुवेत, बहराईन्, कतार, ओमन, क्यानेडा र सुडानमा कार्यरत नेपालीहरुले छिटो, छरितो र सुलभ तरिकाले पैसा पठाउन सक्ने भएका छन् र एमबीएल रेमटि मार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु तथा जीएमईका एजेण्टहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
बैकले पुर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २२ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११० स्थानबाट ग्राहकमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । साथै बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया