माछापुच्छ्रे बैकको रियल टाइममा नै खाता खोल्न मिल्ने थप २ शाखा रहित बैंकिंग सेवा

बिजनेसपाटी ११ अशोज ।
माछापुछ्रे बैंक लिमिटेडले इलाम र म्याग्दीमा २ शाखा रहित बैंकिंग सेवा संचालनमा ल्याएको छ । बैंकले इलामको साँखेजुङ्ग र म्याग्दीको रघुगंगा गाँउपालिका स्थित राखु भगवतीमा थप २ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ ।
यो सहित माछापुच्छ्रे बैंक लिमिटेडको हालसम्म २९ शाखा रहित बैंकिंग रहेको जनाएको छ । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखा रहित सेवा केन्द«हरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ । बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २९ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११७ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिंग सुबिधा प्रदान गरीरहेको छ । साथै, बंैकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया