मुक्तिनाथ विकास बैंक र ब्लुक्रस अस्पतालबीच सम्झौता
काठमाडौं,२७ साउन ।
मुक्तिनाथ विकास बैंक र ब्लुक्रस अस्पतालबीच बैंकका ग्राहकलाई अस्पतालको तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर र ब्लु क्रस अस्पतालको तर्फबाट सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे।
सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक ग्राहकले ब्लु क्रस अस्पतालमा उपचार गराउँदा तोकिएका सेवा शुल्कमा १० प्रतिशत छुट पाउने पाउनेछन् । मुक्तिनाथ विकास बैंकले ९५ वटा शाखा, १७ वटा एटीएमबाट र ३ लाख ७५ हजार ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया