वार्षिकोत्सवको अवसरमा सानिमा लाईफ इन्स्योरेन्सले गर्यो रक्तदान कार्यक्रम

बिजनेसपाटी २४ मंसीर ।
गैर आवसीय नेपालीहरुको समूह द्धारा प्रवद्र्धित सानिमा लाईफ इन्स्योरेन्सले वार्षिकोत्सवको अवसरमा आइतबार कम्पनीको प्रधान कार्यालय सिटि एक्सप्रेश भवन, कमलादीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोही अवसरमा आधुनिक स्तरको उत्कृष्ट जीवन बीमा योजना जनसमक्ष प्रस्तुत गर्ने कम्पनीको उदेश्य बमोजिम जीवन बीमाका विशेषज्ञद्धारा तर्जुमा गरिएको सानिमा जीवन श्री बीमा योजना संचालक समितिका अध्यक्ष कुमार प्रसाद कोइरालाद्धारा शुभारम्भ गरियो ।
यस योजनामा १६ वर्ष देखि ६० वर्ष उमेर सम्मका महिला तथा पुरुषले न्यूनतम रु.५ लाख वा सो भन्दा वढी रकमको जीवन बीमा गर्न सकिन्छ ।
यस योजनाका लागि बीमा अवधि १०, १५, २०, २५ र बीमा शुल्क भुक्तानी अवधि क्रमश ः ६ , १० ,१५ , १८ निर्धारण गरिएको छ ।
यस योजना अन्र्तगत जीवन बीमा गर्दा कम्पनीले कहिले र कति वोनस दिन्छ भनी सोच्नु नपर्ने र कम्पनीले आप्mना ग्राहकहरुको आर्थिक हितलाई विशेष ध्यान दिई सुरुमा नै पुरा बीमा अबधिको लागि प्रतिहजार बीमाङ्कमा रु ७० वोनस ग्यारेन्टी गरेको छ । सो योजना जीवन बीमाको क्षेत्रमा ग्राहकहरुको लागि उत्कृष्ट आर्थिक तथा वचत योजना सावित हुने विश्वास गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया