सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंकबीच बैकासुरेन्स सम्झौता
बिजनेसपाटी ११ पौष ।
सन नेपाल लाइफ इन्स्योरेन्स र सिभिल बैंक बिच बंैकासुरेन्स सम्झौता भएको छ । उक्त सम्झौतामा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल र सिभिल बैंकको तर्फबाट सिबिओ श्री सुजित कुमार शाक्यले हस्ताक्षर गर्नुभयो ।
यस सम्झौता अन्र्तगत सिभिल बैंकका सम्पूर्ण ग्राहकहरुले बीमा शुल्क भुक्तानी गर्न, बीमालेख लिन तथा बीमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बीमालेखहरु सिभिल बैंकका सम्पूर्ण शाखाहरु मार्फत उपलब्ध हुनेछ ।
साथै कम्पनी लि. ले निकट भविष्यमा आफ्नो चुक्ता पुँजी २ अर्व पु¥याउन ६० करोड मुल्यको आइपीओ शेयर सर्वसाधारणमा बिक्रीको लागि ल्याउँदै छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया