सनराइज बैंकको अध्यक्षमा दुगड
काठमाडौँ, २ माघ
नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सनराइज बैंकको सञ्चालक समितिका अध्यक्ष मोतीलाल दुगडलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको छ ।
दुगड गत पुस २९ मा भएको बैंकको साधारण सभाबाट पुनः सञ्चालकमा निर्वाचित भई सर्वसम्मतबाट अध्यक्ष चुनिनुभएको बैंकले जनाएको छ । शपथ ग्रहण समारोहमा राष्ट्र बैंक पदाधिकारी तथा सनराइज बैंकका नवनिर्वाचित सञ्चालक र पदाधिकारी उपस्थित हुनुहुन्थ्यो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया