सानिमा लाईफ इन्स्योरेन्सको नयाँ शाखाहरु उदघाटन

बिजनेसपाटी १४ माघ ।
सानिमा लाइफ इन्स्योरेन्सको नयाँ शाखा कार्यालयहरु उदघाटन भएका छन् ।
प्रदेश नं ७ अत्तरीया न.पा का नगर प्रमुख हरिसिंह साउदबाट इन्स्योरेन्सको अत्तरीया शाखा कार्यालय र प्रदेश नं ७ लम्की न.पा का नगर प्रमुख महादेव बजगाईबाट कम्पनीको लम्की शाखा कार्यालयको संयुक्त रुपमा उद््घाटन भएको छ । त्यसैगरी प्रदेश नं ७ दिपायल न.पा का नगर प्रमुख मन्जु मलाछीबाट दिपायल शाखा कार्यालयको र प्रदेश नं ७ बेलौरी न.पाका नगर प्रमुख पोतीलाल चौधरीबाट कम्पनीको बेलौरी शाखा कार्यालयको संयुक्त रुपमा रिवन काटी समुद््घाटन भएको छ । उक्त अवसरमा कम्पनीका महाप्रबन्धक शिव राम तिमल्सिना, मुख्य प्रबन्धक गणेश चौलागाइ समेतको उपस्थिती थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया