सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेल्स कन्भेन्सन कार्यक्रम सम्पन्न

चितवन १० माघ २०७९ ।,सूर्य ज्योति लाइफ इन्स्योरेन्सक म्पनी लिमिटेडले देशभरका जोनल हेड ,प्रोभिन्सहेड ,रिजनल म्यानेजर, शाखा प्रबन्धक,सेल्स एक्जुकेटीव र कार्यालय सञ्चालनमा सहयोग पुर्याउने करिब ३००जनाकर्मचारीहरुको उपस्थितिमा प्राबिधिक तथा बजार ब्यवस्थापन कार्य क्षमता अभिबृद्धी तथा उत्प्रेरणामुलक तालिम चितवनको सौराहामा आयोजित सेल्स कन्भेन्सन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ।कम्पनीका प्रमुखकार्यकारी अधिकृत सहित उच्च पदाधिकारीहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा कम्पनीका कर्पोरेटट्रेनर रबिन कटुवालले व्यक्तित्व विकास र सेल्स सम्बन्धी विशेष ट्रेनिङ दिएका थिए।साथै कार्यक्रममा ब्यबसायिक लक्ष्य हासिल गर्नुका साथै कार्यालय सन्चालनमा उत्कृस्ट योग्दान पुर्याउने कर्मचारीहरुलाई कम्पनिका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्रीले सम्मान गरेका थिए।

कार्यक्रममा ३ जना जोनल हेड ,३ जना प्रोभिन्स हेड ,५ जना रिजनल म्यानेजर १० जना शाखा प्रमुख ,१२ जना कार्यलय सन्चालनमा सहयोग पुर्याउने कर्मचारी तथा १५ जना सेल्स एक्जुकेटीभ गरी ४८ जना उत्कृस्ट कर्मचारीहरुलाई सम्मान गरिएको थियो।यस सूर्यज्योति लाइफ इन्स्योरेन्सको पहिलो भब्य सेल्स कन्भेन्सनबाट कर्मचारीहरुले कम्पनीको हालको अवस्था,कम्पनीको आगामी बजार विस्तार योजना र रणनिती सम्बन्धी बृहत ज्ञान हसिल गर्नुका साथै यस किसिमका सिप तथा प्रबिधी मैत्री तालिमबाट कर्मचारीहरु उत्साहित र थप उर्जावान भएको कुरा कम्पनीका प्रमुखकार्यकारी दअधिकृत प्रकाश बिक्रम खत्रीले बताए।साथै कर्मचारीको दक्षता अभिबृद्धी गर्नु नै कम्पनिको प्रमुख लक्ष्य रहेको र आगामीदिनहरुमा पनि बिभिन्न तालिम तथा सिपमूलककार्यक्रम आयोजना गर्दै जाने प्रतिबद्धता कम्पनिका प्रमुखकार्यकारी अधिकृत खत्रीले ब्यक्त गरेका छन्।


कर्मचारीको प्रगती र हितको लागी सदैव आफुलगायत सन्चालक समिती सकारात्मक रहेको साथै मेहनत र लगनशिल भै कर्म गर्दै गए अवश्य सफलता प्राप्त हुन्छ कम्पनिका सन्चालक नन्द किशोर शर्माले प्रस्ट पारेका थिए ।सूर्यालाइफ इन्स्योरेन्स र ज्योतिलाइफ इन्स्योरेन्स बिच भएको जीवन बीमा क्षेत्रकै पहिलो सफल मर्जर पश्चात बनेको सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१स्२०१५बाट सम्मानित भैसकेको छ। हाल कम्पनिको चु्क्ता पूँजी रु ४।५४अर्ब रहको र कम्पनिले देशभर रहेका१८१ शाखाकार्यालयहरुबाट आफ्ना सेवा ग्राहिहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया