शान्ता भट्ट देवकोटाद्वारा लिखित कविता संग्रह उन्मुक्त मन बजारमा

काठमाडौँ – ११ फागुन २०८०-पाठकका नजरमा उन्मुक्त मन उन्मुक्त मन कवितासङ्ग्रह शान्ता भट्ट देवकोटाद्वारा लिखित कविता संग्रह रहेको छ । यो कविता सङग्रह २०८० सालमा प्रकाशनमा आएको छ । लेखक शान्ता भट्ट देवकोटा प्रकाशक वितरक प्राज्ञिक बुक्स बागबजार, कपिराइट लेखकमा रहेको छ । यो कृतिमा भूमिका साहित्यकार बद्रीप्रसाद ढकालले लेख्नु भएको छ । यो कृतिको नाम उन्मुक्त मन कवितासंग्रह रहेपनि यो सङ्ग्रहमा दुईटा खण्ड रहेका छन् मुक्तक खण्ड र कविता खण्ड । मुक्तक खण्ड १८ पेजदेखि ७६ पेजसम्म समेटिएको छ भने कविताको खण्ड ७८ पेजदेखि ११९ पेजसम्म समेटिएको छ । धैर्यताले लक्ष्यको ढोका खोलिदिन्छ जिज्ञासा बढेसँगै ज्ञानको भण्डार बोलिदिन्छ अगाडि बढ्ने बाटो उसैले देख्न थाल्छ मित्र हिँड्दै गर्दा गन्तव्यमा लक्ष्य घोलिदिन्छ । माथि प्रस्तुत गरिएको मुक्तकबाट यो कृतिको सुरुवात कवि शान्त भट्ट देवकोटाले गर्नुभएको छ । माता नमकुमारी भट्ट र पिता धर्मप्रसाद भट्टलाई पनि सम्झदै समस्त साहित्य अनुरागी व्यक्तिहरु र मातापितामा यो कृति समर्पण गर्नुभएको छ मुक्तकहरु साह्रै स्वादिला उहाँले प्रस्तुत गर्नुभएको छ ।
दोस्रो खण्डमा कविता प्रस्तुत गर्नु भएकाृे छ जसको शीर्षक संक्षिप्त रुपमा छ , कविताका शीर्षकहरु पृथ्वीमा, खुसी, भूकम्प, मायामा, आनन्द, प्रेम भन्नु, भलाई, मन, फूल, मायाको भोको, ऋतुहरूमा, सम्झनामा दश,ैं जीवन र माया, फुल र माया, किसानको स्वार्थ, ठिक, मन लाग्छ, मुस्कान, लहर, भावना, आशा ,कृषिमा, हाम्रो सहर, भाइटिका, यथाथर्, सुख, यी नारी, सकारात्मक, घमण्ड, दुविधा, सन्तुलन, तिमी, कला, पानी माथि दियो, समुद्री तटबाट नियाल्दा, मन्दिर, विजय दशमीको मंगलमय शुभकामना, नयाँ वषर्, नारीको अवस्था, पर्खाई गुरु चेला, जीवनको मिठास रहेका छन् । पृथ्वीमा शीर्षकको कविताले पृथ्वीमा भएका कुराको खोजी गरेका,े पञ्चतŒव भूगोलको बारेमा लेखे देखेको, मानवले पृथ्वीको वर्णन गरेको, सद्गुणी बुद्धिजीवीले देखेका कुराहरुलाई प्रस्तुत गरेको छ साथै ब्रह्माण्डको चर्चा आधुनिकताका सम्बन्धमा विचार व्यक्त गरेको छ । खुसी शीर्षकको कवितामा जीवनको खुसी प्रकट गर्नुभएको छ ।
जुन झुल्किँदा संसार उज्यालो भएको, मन आनन्दित भएको, शीतल छारीमा बस्न पाएको भनेर विभिन्न खुसीका क्षणहरु प्रकट गर्नुभएको छ । बाघ बगैंचाका सन्दर्भहरु पनि जोड्नु भएको छ । प्रस्तुत कविताको माध्यमबाट दाम्पत्य जीवनको खुसियालीको संकेत पनि प्रस्तुत गरेको देखिन्छ । भूकम्प शीर्षकको कविताले त्रासद क्षणको संकेत गरेको छ । थाहै नदी आउँछ । फेरि सम्झिएर खैला बैला मच्चाउँछ । घाम पानी हावा जमिन सबै काम नलाग्ने बनाउँछ । निष्ठुरीले सबैलाई दुःख दिन्छ भन्ने एउटा त्रासद वातावरण प्रस्तुत गरिएको देखिन्छ । मायामा शीर्षकको कविताले मायाका सकारात्मक कुरालाई र नकारात्मक कुरालाई उद्घाटन गरेको छ । माया बुझ्न सके जीवन सार्थक हुन्छ । बुझ्न नसके यसले जीवनमा बहुतै दुःख पनि दिने अवस्था सिर्जना गर्छ भन्ने कुरा व्यक्त भएको छ । आनन्द शीर्षकको कवितामा कवि भावना भगवान भक्तिमा गएर जोडिएको छ । भगवान एउटै छन् उनको आराधना गर्नुपर्छ धर्म कर्ममा विश्वास गर्नुपर्छ ।
दया, माया, सद्भाव राखेर काम गर्नुपर्छ यो पौराणिक युगदेखिको कुरा हो र आजका मानिसहरुले पनि त्यसलाई निरन्तरता दिनुपर्छ भन्ने आशय देखिन्छ । प्रेम भन्नु शीर्षकको कविताले प्रेमलाई बुझ्न सके सुख दुःखको साथी हुने कुरा ठहरिन्छ अनि ठूलो सानो सबैलाई बराबर माया गर्नु भन्ने प्रकृतिको गुण रहेछ यसलाई बुझ्नुपर्छ भन्ने कुरा व्यक्त भएको छ । यस्तैगरी उन्मुक्त मन कविता संग्रहमा सङ्ग्रहित कविताहरूले प्रकृतिको वर्णन गरेका छन ्। मायामा डुबेको छन् धर्म संस्कार संस्कृतिको बाटोलाई पछ्याएको छन् समस्त मानव जातिको आन्तरिक मनको तहमा पुगेर घोत्ल्याउने प्रयास गरेका छन् । प्रकृतिको वर्णन गर्दा मानिसलाई प्रकृतिसँग जोडेको छन् धर्मको कुरा गर्दा धर्म र मानवको बीचको सम्बन्ध पौराणिक कालदेखि अहिलेको कालसम्मका जोड्दै समाजको निरन्तरता दिने प्रयत्न यस कृतिमा समेटिएका कविताले गरेका छन् । कतै कविताले मनका कुरालाई उजागर गरेका छन्। कतै भलाई कुरा, कतै फूलका कुरा पोखेका छन् । कतै माया भोको हुने कुरा व्यक्त गरेका छन्, कतै ऋतुहरूको वर्णन गरेको छन् । कतै चाडबाडको सम्झना र वर्णन गरिएको छ । जीवन र मायाको तुलना गरेको छ, फुल र मायाको पनि तुलना गरिएको छ यसैगरी किसानहरु पनि स्वार्थी हुन सक्छन् भन्ने कुरा प्रस्तुत गरिएको । के ठिक के बेठिक भन्ने सन्दर्भहरु पनि यहाँ प्रस्तुत भएका छन् । कविताले हाम्रो सहरका कुरा, भाइटिकाका सन्दर्भहरू दाजुबहिनीको आत्मिय चाडबाड तथा रीतिथिति परम्पराका कुरा पनि पस्तुत गरेका छन् सहरका यथार्थताका कुरा सुखदुखका कुराहरू अनि नारी पुरुषका पीडाहरु सकारात्मक नकारात्मक चिन्तनका कुराहरु यसैगरी घमण्डका कुराहरु पनि यहाँ प्रस्तुत हुन सकेका छन् । नारीका बिरह वेदनाका कुराहरू पनि कविताका विषयवस्तुले छोएका छन् । नारी जागरणका कुराहरु ससक्त ढङगले कविताले प्रस्फुटन गरेका छन् ।
कविता सङ्ग्रहको अन्तिममा जीवनको मिठास शीर्षकको कविता प्रस्तुत भएको छ । उकाली ओराली गर्दै छहरा पहरा हेर्दैछन् सुन्दर प्राकृतिक दृश्यहरुमा सबैतिर ढुल्दै छन् । हिमाल पहाड र तराईका अमूल्य माटो नाप्दै शुभ– प्रभातमा कलिला किरणले स्पर्श गर्दै छन् । सन्ध्यामा सिरसिरे बतासले रमणीय वातावरण बन्नेछ डाँडापारी उदाएको जुनले पूर्वमा आकाश रङ्गिँदै छ । चारो खोज्न गएका मानव आफ्नो धुलोमा पस्दै स्वर्गीय आनन्द लिँदै बासस्थान पुगी निदाएका छन् । पृ–११९ यसरी उन्मुक्त मन कविता सङ्ग्रह भित्र समेटिएका मुक्तक र कविताहरूले मानवीय मनलाई जागृत तुल्याएका छन् तर कविता मुक्तक तथा कविताहरु कतिपय अवस्थामा खारिन बाँकी पनि देखिन्छन् कुनै कविता तथा मुक्तकले निकै उचाइ प्राप्त गरेको अवस्था पनि देखिन्छ । समग्रमा उन्मुक्त मन कविता संग्रह नेपाली पाठकको निम्ति आल्लादकारी रहनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया