२०८२ आश्विन १६ | Oct 02, 2025

अन्तरिम सरकारका तीन मन्त्रीले शपथ लिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र ३०
|
1.5k views

ललितपुर । अन्तरिम सरकारका तीन मन्त्रीले प्रधानमन्त्री सुशीला कार्कीबाट आज शपथ लिँदैछन् । राष्ट्रपति कार्यालयका अनुसार तीन नवनियुक्त मन्त्रीहरुको सपथ सोमबार दिउँसो विहान ११ ः ३० बजे हुने लागेको हो ।

स्रोतका अनुसार अन्तरिम सरकारका पहिलो चरणमा प्रधानमन्त्री कार्कीले अर्थमन्त्रीमा रामेश्वर खनाल, गृह तथा कानुनमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा, शहरी विकास तथा भौतिक पूर्वाधारमन्त्रीमा कुलमान घिसिङलाई सिफारिस गरेकी छन्। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गरेपश्चात पद तथा गोपनीयताको शपथ लिने व्यवस्था छ।

सोही व्यवस्था अनुसार आज बिहान ११ः३० बजे तीन मन्त्रीहरुले पद तथा गोपनीयताको सपथ लिँदैछन् ।

जेन–जी आन्दोलनपश्चात फागुन २१ गते नवनियुक्त प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपतिले निर्वाचनको मिति घोषणा गरिसकेका छन् । कार्की नेतृत्वको सरकारलाई ६ महिनाभित्र निर्वाचन गर्ने कार्यादेश समेत तोकिएको छ।

स्रोतका अनुसार सपथग्रहण कार्यक्रम शितलनिवासमा टेन्ट टाँगेर गर्ने तयारी गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया