अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यका “मल्लकालीन केही घटनावलीहरु”

स्वयम्भू शाक्य
मल्लकालीन समयमा भए गरेका घटनाहरुको टिपोट नै घटनावली हुन् । यस्ता घटनावलीहरुलाई केन्द्रीकृत गरी आफ्नो अध्ययन र अनुसन्धान गर्ने पहिलो नेपालका एक ख्याती प्राप्त इतिहासकार प्रा.डा.चुन्दा वज्राचार्य मूलतः एक मल्लकालीन कालखण्डका अन्वेषका हुन् । नेपाल र एशियाली अनुसंन्धान केन्द्रद्धारा संचालित वृहत्त राष्ट्रिय इतिहास निर्माण योजना अन्तर्गत मल्लकालीन इतिहास तयार गर्ने क्रममा नेपाल राष्ट्रिय अभिलेखालयमा अध्ययन र अनुसन्धान गर्दा प्राप्त भएको हस्तलिखित ग्रन्थलाई नै मूल आधार मानी भक्तपुर राजदरवारभित्र भए गरेका घटनाहरुको टिपोटको आधारमा प्रा.डा.चुन्दा वज्राचार्यले ने.स. ११०७ मा नेपालभाषाको माध्यमवाट “मल्लकालया छु घटनवली छगू अध्ययन ” नामक पुस्तक सफूधुकूवाट प्रकाशित गरेको देखिन्छ । भक्तपुरका राजा प्राण मल्लदेखि जगत प्रकाश मल्लसम्मका राज्यकालमा भएका केही घटनाहरुको टिपोटलाई केन्द्रीकृत गरी ने.स.६६५ देखि ने.स.७९० सम्म अर्थात १२५ वर्षसम्मको घटनाहरु प्रस्तुत पुस्तकमा समावेश गरिएका छन् । यसमा २३ वटा तिथीमितिहरु छन् । ने.स. ७०० भन्दा पहिला ७ वटा र ने.स. ७०० भन्दा पछाडि १६ घटनाहरुको टिपोट प्रस्तुत पुस्तकमा प्रा.डा.चुन्दा वज्राचार्यले उल्लेख गर्नु गरेकी छिन् ।
मल्लकालीन शासंन व्यवस्थामा औधी रुची राखी आफ्नो अध्ययन र अनुसन्धान गर्ने अन्वेषक प्रां.डा.चुन्दा वज्राचार्यका अनुसार धार्मिक कर्मकाण्डमध्ये मल्ल राजाहरले गर्ने विधा दीक्षा पनि एक हो । उक्त वेला दीक्षा लिने चलन चन्द्रग्रहण वा सूर्यग्रहणका दिन लिएको दीक्षा राम्रो मानिन्थ्यो । ने.स. ७८९ जेष्ठ कृष्णपक्ष दिन भएको सूयग्रहणमा कान्तिपुरका राजा नृपतेन्द्र मल्ल, पार्थिवेन्द्र मल्ल र महीपतेन्द्र मल्लले दीक्षा लिएका थिए भने भक्तपुका राजा जिताभित्र मल्ल र उग्र मल्ल दाजुभाई दुवैले दीक्षा लिएको देखिन्छ । ने.स.८०८ कार्तिक कृष्ण पक्ष पूर्णिमाका दिन सूर्यग्रहणको वेला राजा भूपतीन्द्र मल्लले दीक्षा लिएको थियो । घटनावली अनुसार त्रैलोक्य मल्लका महारानीहरु गंगादेवी र कमलादेवी, जगज्जयोर्ति मल्ल, नरेश मल्ल, कार्ति मल्ल आदिले पनि दीक्षा लिएको देखिन्छ । ने.स. ७९० माघ कृष्ण पक्षमा त्रैलोक्य मल्ल, त्रिभुवन मल्ल र विश्वराम जोशी समेत ३ जनाले संयुक्त रुपमा दीक्षा लिएको देखिन्छ ।
यस सम्वन्धमा Mery Sephered Sulsser को ] “ Nepal Mandal . A cultural Study of the Kathmandu  valley ” पुस्तकमा उल्लेख गरे अनुसार त्रैलोक्य मल्लको राज्यकाल ने.स.६७२ पुसदेखि ने.स.६७४ कार्तिकसम्म र त्रिभुवन मल्ल र गंगादेवीको राज्यकाल ने.स.६८१ देखि ने.स.७३० सम्म रहेको भनिएको छ भने डिल्लीरमण रेग्मीको “Midieval Nepal” पुस्तकमा नें.स.६८१ देखि ने.स.७३४ सम्म भनी उल्लेख गरिएको छ । त्यस्तै त्रिभुवन मल्लको राज्यकाल Mery Sephered Sulsser को ] “Nepal Mandal A cultural  Study of the Kathmandu Velley ” पुस्तकमा ने.स.६८१ देखि नें.स.७३० वैशाखसम्म भनिएको छ । ने.स. ७९० मा भक्तपुरका राजा जगतप्रकाश मल्ल (ने.स.७३५–७९३) ले राज्य चलाएका थिए । त्रैलोक्य मल्लले शासन गरे पछि त्रिभुवन मल्लले राज्य लिए भने त्यस पछि जगतप्रकाश मल्लले राज्य संचालन गरेको देखिन्छ । त्रिभुवन मल्ल र जगतप्रकाश मल्लको राज्यकाल वीचमा जगज्ज्योति मल्ल र नरेश मल्लले पनि राज्य संचालन गरेको थियो । घटनावली अनुसार जगतप्रकाश मल्लको दीक्षा ने.स.७६३ आश्विन कृष्ण पक्ष पञ्चमीका दिन दीक्षा लिनको लागि सवै कुरा भैसकेको वेला नरेश मल्ल परलोक भएकोले जगतप्रकाश मल्लले दीक्षा लिन सकेन । आफ्नो बावु मरेको वेला छोराले दीक्षा लिने कुरो भएन । पछि ने.स.७७५ मा आश्विन शुकल पक्ष दशमीका दिन विधिपूर्वक दीक्षा लिएको देखिन्छ । तसर्थ त्रैलोक्य मल्ल र त्रिभुवन मल्लले ने.स.७९० मा दीक्षा लिएको भन्नु उपयुक्त नभएको देखिन्छ । त्रैलोक्य मल्ल र त्रिभुवन मल्लले संगै दीक्षा लिएका होलान् तर त्यति धेरै समय पछि दीक्षा लिएको भनी अनुमान गर्न सकिदैन भनी अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा धारणा व्यक्त गर्नु भएकी छिन् ।
मल्ल राजाहरुको आफ्नो इष्टदेवताको रुपमा तलेजु भवानी र दुमाजु देवतालाई दिने गरिन्छ । तलेजु भवानी नेपालमा सवैभन्दा पहिला ल्याउने हरिसिंहदेव थिए । हरिसिंहदेवले सिमरौनगढवाट लजेजु भवानीलाई नेपालमा ल्याई भक्तपुर स्थापना गरिएको भन्ने वंशावलीमा देखिन्छ । कान्तिपुरका राजा महेन्द्रं मल्ल प्रत्येक दिन भक्तपुरमा गई आफ्नो इष्ट देवता (आगंद्यः) लाई दर्शन गर्न जाने भएकोले एक दिन सपनामा महेन्द्र मल्ललाई तलेजु भवानीले दर्शन दिई संधै नआउने गरी कान्तिपुरमै तलेजु भवानी स्थापना गर्नु भनी देववाणी भएकोले सोही अनुसार ने.स.६६९ मा तलेजु भवानीको स्थापना गरियो । ११ गजुर भएको तलेजु भवानी भक्तपुर दरवारमा विराजमान छ । भाषा वशावली अनुसार तलेजु भवानी मन्दिरमा ११ गजुर राजा भूपतीन्द्र मल्लले राखिएको हो । साथै मन्दिरको छाना सुनले छोप्ने काम पनि भूपतीन्द्र मल्लले नै गरको हो । सोही अवसरमा भैपतीन्द्र मल्लले नेपालभाषावाट “विक्रम चरित्र” एकाङ्की नाटक समेत लेखिएको देखिन्छ । जुन नाटक पुस्तकको रुपमा सत्यमोहन जोशी र हेमराज शााक्यले संयुक्त रुपमा ने.स.१०९० मा प्रकाशित गरिएको थियो । तर भोलानाथ तिवारीका अनुसार शााक्य सम्वत १६२८, ने.स.८६६, कालिगढ सम्वत ४८७ र विक्रम सम्वत १७६३ मा भूपतीन्द्र मल्लले तलेजु भवानीको मन्दिरमा ११ गजुर र सुनको छाना छाएको होइन यो जीर्णद्धारसम्म गरेको हो भनी भनिएको छ । तसर्थ प्रमाणित तथ्थ अनुसार भूपतीन्द्र मल्लले जीर्णद्धारसम्म गरेको प्रमाणित देखिन्छ । तलेजु भवानी मन्दिरमा ११ गजुर एकैचोटी नराखी विभिन्न समयमा गजुरहरु राखी ११ वटा भएको हुन सक्छ । विशेष गरी देवदेवताहरुको मन्दिरमा गजुर एउटा, तीन वटा र पाँच वटा राख्ने गरिन्छ । भक्तपुरको तलेजु भवानीको मन्दिरमा पनि विजोड गरी ११ गजुर राखिएको छ । तसर्थ मल्ल राजाहरुले तलेजु भवानीलाई इष्ट देवता मान्ने भएकोले यसलाई “आगंम” शब्द पनि प्रयाग भएको देखिन्छ । आगंम र तलेजु भन्नु एउटैं हो । जुन कुरा घटनावलीमा आगंन भनी उल्लेख गरिएको देखिन्छ । घटनावली अनुसार भक्तपुरको तलेजु भवानीलाई ११ गजुर चढाउने राजा प्राण मल्ल हुन् । Mery Sephered Sulsserको “ Nepal Mandal . A cultural Study of the Kathmandu  valley ” पुस्तकमा उल्लेख गरे अनुसार प्राण मल्लको राज्यकाल नें.स. ६४४ देखि नें.स. ६६८ सम्म पहिला ५ वटा र पछि ६ वटा गरी ११ वटा गजुर राखेको देखिन्छ । ने.स. ६६५ वैशाख कृष्ण द्धादशीका दिन तलेजु भवानीलाई अहोरात्री यज्ञ गरी ११ वटा गजुर चढाएको थियो भने ने.स. ६६६ मार्ग पूर्णिमाका दिन अहो रात्री यज्ञ गरी ६ वटा गजुर चढाएको थियो । तर यस घटनावली ने.स. ६६६ मार्गतिर श्री श्री नरेन्द्र मल्लले अहोरात्री यज्ञ गरी राखिएको भनी उल्लेख गरेता पनि वास्तवमा Mery Sephered Sulsserको  “ Nepal Mandal . A cultural Study of the Kathmandu  valley ” पुस्तक अनुसार ने.स.७५७ देखि ने.स.७६३ सम्म श्री श्री नरेन्द्र मल्लको राज्यकाल भएकोले यो गजुर प्राण मल्लले नै राखिएको हो भने घटनावलीको अर्को तर्फ हेर्दा ने.स.७७४ मा जगतप्रकाश मल्लको राज्यकालमा प्राण मल्लले चढाएको उक्त गजुर खसेकाले केही दिन पछि था पुजा गरी फेरि राखियो भन्ने घटनामा टिपोट लेखिएको देखिन्छ । गजुर खसेको केही दिन पछि फेरी राख्नुका कारण उक्त समयमा नरेश मल्लको मृत्यु भएकोले ४५ दिन नभएकोले ४५ दिन सके पछि फेरी गजुर राखेको देखिन्छ । यसवाट पनि सपष्ट हुन्छ कि भक्तपुरको तलेजु भवानीको ११ वटा गजुर चढाउने प्राण मल्ल नै हो भन्ने कुरा प्रमाणित हुन्छ भनी इतिहासकार प्रा.डा. चुन्दा वज्राचार्यले प्रस्तुत “मध्यकालया छु घटनावली छगू अध्ययन” नामक पुस्तकमा आफ्नो धारणा व्यक्त गर्नु भएको देखिन्छ ।
इतिहासकारहरुले त्यति चर्चा नगरको राजा त्रिभुवन मल्लको राज्यकाल जगज्जोर्तिमल्ल भन्दा पहिला र त्रैलोक्य मल्ल भन्दा पछि भक्तपुरका राजा भएको थियो । ने.स.६८१–७३० सम्म राज्य गरेका राजा त्रिभुवन मल्लको शासनकालमा कहिले एक्लै राज्य चलाएका थिए भने कहिले गंगादेवी समेत भई संयुक्त रुपमा राज्य चलाएको देखिन्छ । मल्ल राजाले आफ्नो इष्ट देवतालाई पुजा गरे पुण्य प्राप्त हुन्छ भनी भावना राखे जस्तै देवदेवीहरुको मन्दिर बनाए पुण्यको काम हुन्छ भनी ठान्दछन् । ने.स.८०५ मा जितामित्र मल्लले भक्तपुरमा तलेजु भवानीको चोकमा दक्षिण तर्फको ढोकामा तोरण राखी अभिलेख राखिएको देखिन्छ । यही तलेजु भवानीको चोकभित्र तलेजु भवानीको मन्दिरमा दक्षिण तर्फको भ्यालमा नें.स.७०६ फागुण कृष्ण द्धादशीका दिन यज्ञ गरी तोरण राखिएको घटनावलीमा उल्लेख गरेको देखिन्छ ।
मल्ल राजाहरुले मान्ने देवताहरु मध्ये दुमाजु देवता पनि हो । भक्तपुर दरवार मूलचोकभित्र दरवारको पश्चिम तर्फ सवैभन्दा पछिको चोक पश्चिम उत्तर कुनामा जोडिएको देवतालाई दुमाजु देवता भन्ने चलन थियो । दुमाजु देवतालाई दुइँमाजु देवता पनि भनिन्छ । दुइँमाजु देवता भएको चोकमा एउटा ठूलो रुख देखिन्छ । त्यसको पछाडी पट्टि कालो एउटा पोखरी छ, जुन पोखरीको पानी खायो भने पेट दुखेको निकोे हुन्छ भने भक्तपुर वासीहरुको भनाई छ । त्यस्तै रुन्चे लागेका बच्चाहरुलाई त्यही पोखरीको पानीवाट मुख धोईदियो वा नुहाई दियो भने रुन्चे लाग्दैन भन्ने भनाई पनि छ । इतिहासकार गौतमवज्र बज्राचार्यको मत अनुसार “डोचतल” देवता भएकोले दुमाजु देवताको नाम “डोमिनी” भएको हो । दुमाजु शब्द “डोयिनी” नामको उपभ्रश भएको नाम हो भनी आफ्नो मत जाहेर गर्नु भएको देखिन्छ ।
मल्ल राजाहरुले तलेजु भवानी र दुमाजु देवतालाई धेरै मानिने गरिन्थ्यो । मल्लराजाहरुले कर्मकाण्ड गर्दा दुमाजु देवतालाई पुजा गर्नुका साथै भाकल समेत गर्ने चलन थियो । दशैमा दुमाजु देवतालाई सानो खतमा राखेर तलेजु भवानी भएको मूल ढोकासम्म जात्रा गर्ने चलन अहिलेसम्म पनि प्रचलनमा रहेको छ । उक्त जात्रामा घटनावलोकन त्रिभुवन मल्लको राज्यकालदेखि प्रचलनमा रहेको देखिन्छ । घटनावली अनुसार आश्विन शुदि द्धादशीका दिन हुने उक्त जात्रामा “कोलुक्यात” भन्ने गरिन्छ कोलुक्यात जात्रा गर्न राज पुजा गर्ने चलन छ । यस्तो पुजा गर्दा देवबाजा बजाई जात्रा गरी देवगुठीका खलकहरुको घरमा जात्रा गर्ने गरिन्छ । ने.स.७२१ मा भएको “कोलुक्यात” जात्रामा पुजारीको घरमा लगेको देखिदैन ।
विस्केट जात्रा चैत्र ३० गते लिङ्गो उठाउँने ठाउँमा भैरव र भद्रकाली देवतालाई पनि रथमा राखी जात्रा गर्ने चलन छ । यहीवेला नै दुमाजु देवतालाई पनि पुजा गर्ने गरिन्छ । कोलुक्यातलाई नै “विक्केत” जात्रा भनिन्छ । इतिहासकार सूर्य विक्रम ज्ञवालीका अनुसार नेपाल उपत्यकाको मध्यकालीन एतिहासमा विस्केत जात्राको प्रारम्भ गर्ने जगज्ज्योति मल्ल (ने.स.७२१–७५१) भनिएको छ भने इतिहासकार गौतमबज्र वज्राचार्यको “हलुमानढोका राजदरवार” पुस्तक अनुसार रानी भुवनलक्ष्मी दुमाजुको जात्रा या विस्केट जात्रा चलाउन भाँडाकुडाहरु चढाएको देखिन्छ । दुमाजु जात्रा चलाउन रानी भुवनलक्ष्मीले दुमाजु देवतालाई भाडाकुडा चढाएको र सो भाँडाकुँडामा कुडिएको अभिलेख अनुुसार वैशाख संक्रान्तीमा हुने दुमाजुको जात्रालाई “विश्वजात्रा” भन्ने संज्ञा दिइएको छ । यहि दिन भक्तपुरमा हुने विस्केत जात्रालाई पनि विश्व जात्रा भन्ने चलन छ । यदि विस्केत जात्रा र कोलुक्यात जात्रा एउटै हो भनी मान्ने हो भने जगज्ज्योर्ति मल्ल भन्दा पहिलाका राजा त्रिभुवन मल्ल (ने.स. ६८१–७३०) लाई मान्नु पर्ने हुन्छ । विस्केत जात्रा चैत्र ३० गते लिङ्गो ठाली वैशास १ गते जात्रा गर्ने कारण एउटैं वर्ष भनी मानेकोले हो । तर यहाँ कोलुक्यातलाई लिएर फेरि अध्ययन र अनुसन्धान गर्नु नै बाकी देखिन्छ भनी अन्वेषक प्रा.डा. चुन्दा वज्राचार्यले आफ्नो मतप्रकट गरेकी छिन् ।
दुमाजु देवता र तेलेजु भवानीलाई सम्मानपूवक मान्ने मल्ल राजाहरुले तलेजु भवानीलाई नित्य पुजा गर्ने परम्परा छ भने दुमाजु देवतालाई पनि आइमाई पुजारीले संधै वत्ती बाली नित्य पुजा गर्ने परम्परा रहेको देखिन्छ । ने.स. ७७४ मा जगतप्रकाश मल्लको राज्यकालमा दुमाजु देवतालाई नित्य पुजा गरिरहेको बेला एउटा ढुंगा खसेको भन्ने घटनावालीमा उल्लेख गरेको देखिन्छ । दुमाजु देवताको अगाडी एउटा पोखरी रहेको र उक्त पोखरीमा बसी दुमाजु देवतालाई पुजा गर्ने चलन हाल लोप भैसकेको छ । जगत प्रकाश मल्लको राज्यकालमा ने.स.७७२ श्रावण शुद्धिमा पोखरी बसी दुमाजु देवतालाई पुजा गरिरहेको बेला ठूलो बाढी आई पोखरीमा पुजा गर्नेहरु आघी मरेका थिए र पोखरीको अगाडीको पर्खाल समेत भत्केका थियो । जुन पछि बनाएको देखिन्छ । तसर्थ यो पोखरी नदीसगै रहेको स्पष्ट हुन्छ ।
भक्तपुरमा विस्केत जात्रा हुँदा भैरव र भद्रकाली देवताको रथ टोल टोलमा लग्ने चलन छ । रथको लागि कान्तिपुरस्थित पशुपतिको जगंल (स्लेप्लमान्तक बन) वाट काठ लग्ने चलन थियो । यो विस्केत जात्रामा रथ तान्ने चलन विश्व मल्लले चलाएको देखिन्छ । विस्केत जात्रा सम्वन्धमा विभिन्न इतिहासकारहरुको आ–आफ्नो धारणाहरु रहेको पाइन्छ । धेरै विद्धानहरुको मत अनुसार राजा शिवदेवले तन्त्रविद् शेखर आचार्य र उनकी धर्म पत्नी नररुपाको नाममा उनीहरुले आत्महत्या गरेकै ठाउँमा प्रतिवर्ष एउटा विशाल लिङ्गो गाडी त्यसको टुप्पामा दुई अजिङ्गरका प्रतीक स्वरुप लामो पताका फरफराएर “स्मृति दिवस” मनाउने परम्परा चलाए । जसलाई बिसिक जात्रा अर्थात विस्केत जात्राको नामले प्रसिद्ध भयो भनिएको थियो । घटनावली अनुसार ने.स.७४१ मा जगज्ज्योर्ति मल्लको समयमा विस्केत जात्राका रुपमा भैरवको रथ यात्रा पनि भएको देखिन्छ । यो जात्रा भैरहेको बेला कुनै बिध्न वाधा नहोस् भनी पुजा गर्ने चलन छ । अहिले चैत्र मसान्तमा हुने विस्केत जात्रा घटनावली अनुसार चैत्र शुकल पूर्णिमाका दिन मनाउने गरिन्थ्यो । पहिले विक्रम सम्वत र नेपाल सम्वतको आधारमा मनाउने गरिएको विस्केत जात्रा अहिले विक्रम सम्वत अनुसार मनाउने गरी चैत्र मसान्तमा गरेको देखिन्छ । तसर्थ मल्लकालीन समयमा नेपाल सम्वतवाट विस्केत जात्रा मनाउँदा दिन महिना त्यहि भएता पनि तिथिको आधारमा फरक भएको देखिन्छ । भक्तपुरमा विस्केत जात्रा मनाए पछि मात्र नगदेश (सिद्धि गणेश गाउँ ) मा विस्केत जात्रा मनाउने गरिन्छ । यहाँ सिद्धि गणेशको जात्रा गरिन्छ । वैशाख २ गते सकिने विस्केत जात्रा वर्षमा २ पटक मनाउदाँ इन्द्र जात्राका दिन पनि मनाउँने गरिन्छ । वास्तवमा यो जात्रा वर्षमा २ पटक मनाइन्छ भनी मल्लकालका अध्ययता प्रा.डा. चुन्दा वज्राचार्यको मत रहेको देखिन्छ ।
देवीदेवीहरुको जात्रा गर्दा विशेष गरी रथ र खतमा राखी जात्रा गर्ने चलन छ । भक्तपुरमा नवदुर्गा, कान्तिपुरमा लुतिमरु अजिमा, मरु गणेश, कंग अजिमा, वनेपामा चाश्वर देवतालाई पनि खतमा राखी जात्रा गर्ने चलन छ । समाजमा चर्चा परिचर्चा हुने विभिन्न घटनाहरु मध्ये प्रस्तर देवतामा पसिना आउने, र आँसु आउँने घटना पनि एक हो । दोश्रो विश्व युद्ध भैरहेको वेला कान्तिपुरको टुडिखेलस्थित महाँकाल, हलुमानढोकास्थित कालभैरव, आकाश भैरवको मुक्तिवाट पसिना निस्किएको भनी चर्चा भएको थियो । वि.स.२०३८ सालमा मखनको शिवलिङ्गवाट पसिना आएको चर्चा भएको थियो । यस्तो चर्चा र परिचर्चा अहिले मात्र होइन पहिले पनि हुन्थ्थे । यस्तो विश्वास गोपाल वंशावलीमा पनि उल्लेख भएको देखिन्छ । इतिहासकार डिल्लीरमण रेग्मीको “ःष्मष्भखब िल्भउब”ि भाग ३ पुस्ककमा ने.स.७९८, ८०२, ८०७, ८०८ मा पशुपतिस्थित महादेवको मुक्तिमा रगत देखिएको विवरणको टिपोट उल्लेख गरिएको छ । घटनावलीमा पनि यस्ता घटनाहरु उल्लेख गरेको देखिन्छ । जस्तो चाँगुनारायण मन्दिरमा चट्टान परेको दिन चाँगुनारायणस्थित किलेश्वर देवताको मुर्तिमा रगत देखिएकोले देशका लागि अशुभ मानी पाठ पुजा र यज्ञ गरेको थियो । ने.स.७४१ वैशाख कृष्ण पक्ष द्धादशीका दिन भक्तपुरमा एक जना ज्यापूले बाटोमा रगत बगिरहेको देखेको र जुनकुरा कान्तिपुर र ल्हासा (हालचीन) मा पनि त्यस्तै देखेका थिए । ने.स. ७४४ श्रावण शुकल तृतीया वुधवारका दिन तिल माधवको मुर्तिमा रगत देखिएको थियो भनी टिपोट भएको देखिन्छ ।
लिच्छवी राजा मानदेवले स्थापना गरिएको चागुनारायण मन्दिरको छाना तामाको थियो । परम्परा अनुसार मन्दिरमा चट्टाङ्ग नपरोस् भन्ने हेतुले राशलीला अंकित मुक्ति र गरुङ राख्ने गरिन्छ । तर ने.स. ६८५ जेष्ठ कृष्णपक्ष द्धादशीका दिन चट्टान परी तामाको छाना विग्रेको थियो भनी घटनावलीमा उल्लेख गरिएको देखिन्छ । चट्टाङ्ग (मलः) विभिन्न प्रकारका हुन्छन् । जस्तो मिमलः (आगोको चट्टाङ्ग ), बज्रमलः (बज्रको चट्टाङ्ग), पामलः (बञ्चरो जस्तो काट्ने चट्टाङ्ग ), ग्वंग मलः (कुखुरा जस्तो गरी आउने चट्टाङ्ग ), आदि यस्तो चट्टाङ्ग (मलः) मध्ये सवैभन्दा डर लाग्दो चट्टाङ्ग बज्रमलः भएकोले तान्त्रिकहरुले साधान गरी स्वयम्भूस्थित भप्याङ्गको अगाडी राखिएको भनी किम्वदन्ती छ ।
मल्लकालीन समयमा विशेष गरी राज्य–राज्य वीच झै झगडा भैरहेको देखिन्छ । कहिले कान्तिपुर र ललितपुर मिली भक्तपुमा आक्रमण गरी राज्यका केही भाग कब्जा गरेतापनि पछि सन्धि गरि फर्काएको देखिन्छ । जस्तो किर्तीपुर कहिले कान्तिपुर अन्तर्गत कहिले ललितपुर अन्तर्गत परेको देखिन्छ । वास्तवमा किर्तीपुर कान्तिपुरभित्र पर्दछ । ने.स. ६८९ मा कान्तिपुर र भक्तपुर राज्यका वीच युद्ध भई साँखु, चाँगु, भोत, नाला र पनौती आदि कान्तिपुरले कब्जा गरेको थियो । तसर्थ आफ्नो राज्य बलियो बनाउन राज्यमा सुरक्षा व्यवस्था कडा गरी पर्खाल लगाई ढोकाहरु समेत बनाएको देखिन्छ । ने.स. ८२८ मा भक्तपुरका राजा भूपतीन्द्र मल्लले पनौती क्वाठ बनाई पनौतीलाई आफ्नो कब्जामा लिइयो भन्ने धरःपौमा उल्लेख गरेको छ ।
घटनावली अनुसार मल्ल राजाहरुको जहान परिवारभित्र कसैको मृत्यु भएमा ४५ दिनसम्म पुजा आजा र कुनै निर्माण कार्य गर्नु हुँदैन भन्ने चलन देखिन्छ । ने.स.७७४माघमा प्राण मल्लले चढाएको तलेजु भवानीको गजुर खसेको समयताका नरेन्द्र मल्लको मृत्यु भएकोले ४५ दिन सकेपछि मात्र नयाँ गजुर (खसेको ५ दिन पश्चात) राख्ने काम भएको थियो । त्यस्तो शोकको समयमा जात्रापर्व पनि घुमघाम नगरी साधारण तरिकावाट गर्ने चलन थियो । कान्तिपुरका राजा प्रताप मल्लको मृत्यु भएको वेला भक्तपुरमा साधारण तरिकावाट दशैं मनाएको देखिन्छ ।
घटनावलीहरु सवै प्रमाणित एतिहासिक सामग्रीहरु हुन् । तसर्थ कुनै कुराको तुलना गर्दा समयानुसार तुलना हुन सकेन भने त्यसको कुनै औचित्य हुदैन । ने.स. ७९० माघ महिनामा त्रैलोक्य मल्ल र त्रिभुवन मल्लले दीक्षा लिएको घटना तुलना गर्दा समयानुसार तुलना हुन सकेको देखिएन । ने.स. ७९० मा भक्तपुरका राजा जगतप्रकाश मल्लले शासन चलाई रहेको देखिन्छ । ने.स. ७९० को सट्टा ने.स. ६९० भनी उल्लेख गरेको भए विश्वास गर्न सकिन्छ । ने.स. ६९० मा भक्तपुरमा त्रिभुवन मल्लले राज्य गरिरहेको भए तापनि त्रैलोक्य मल्ल पनि जीवितै रहको हुनु पर्छ । त्रैलोक्य मल्ल अलि कमजोर खालको राजा भएकोले झण्डै २ वर्ष मात्र राज्य गरेको इतिहासकाहरुको भनाई छ भने कोही इतिहासकारहरुले ने.स. ७२६ सम्म राज्य गरिरहेको भनी तर्क गरेको पनि देखिन्छ । तसर्थ यस विषयमा गहन रुपमा अध्ययन र अनुसन्धान गर्नु पर्ने आवश्यक देखिन्छ । त्यस्तै कान्तिपुरका राजा प्रताप मल्लको मृत्यु सम्वन्धमा पनि विभिन्न तर्क वितर्फहरु रहेको पाइन्छ । तर कान्तिपुरका राजा प्रताप मल्लको मृत्यु ने.स. ७९४ मा भएको हो ।
अन्तमा प्रा.डा.चुन्दा वज्राचार्य त्यस्तो असाधारण व्यक्तित्व हुन् जसले भाषा, साहित्य, संस्कृति र इतिहासका थुप्रै पानाहरु थपिएका छन् । जुजु भू्पतीन्द्र मल्लया विवाहया धरः पौ, न्यात पौ देगः निर्माणया धरः पौ, जुजु भूपतीन्द्र मल्ल पनौती क्वाठ निर्माणया धरः पौ , जुजु भूपतीन्द्र मल्लं गाःदेश भ्रमण याःगुया धरः पौ, जुजु रणजीत मल्लया विवाहया पूर्ण विवरणया धरःपौ जस्ता थुप्रै धरःपौका सम्पादन तथा व्याख्याकारका रुपमा परिचित छिन् । मध्यकालीन सभ्यताको गहनरुपमा अभ्ययन तथा अनुसन्धान गर्ने एक इतिहासकार, संस्कृतिविद् तथा शिक्षाविद् प्रा.डा. चुन्दा बज्राचार्यले आफ्नो सम्पूर्ण जीवन शैक्षिक क्षेत्रमा समर्पित गरी त्याग र तपस्या गर्ने साधकको हैसियतले उहाँका थुप्रै कलजयी कृर्तिहरुले भविष्यका वाटाहरु देखाई रहँुन् । यही हाम्रो अपेक्षा हुनेछ । अस्तु ।

प्रकासित मिति २०८०-११-१९

फेसबुकबाट तपाईको प्रतिक्रिया