२०८२ फाल्गुन ६ | Feb 18, 2026

अब डडेलधुरा जिल्ला परशुराम नगरपालिकामा  जोगबुढा प्रादेशिक अस्पताल

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २१
|
1.9k views

 ललितपुर । सामाजिक विकास मन्त्रालय, सुदूरपश्चिम प्रदेश सरकार र परशुराम नगरपालिका बीच सम्झौता भई आज देखि जोगबुढा अस्पतालू विधिवत् तवरले जोगबुढा प्रादेशिक अस्पतालमा स्तरोन्नति भएको छ।

जोगबुढा प्रादेशिक अस्पतालबाट जनतालाई अझ गुणस्तरीय र व्यापक स्वास्थ्य सेवा उपलब्ध हुनेमा विश्वस्त  हुने मेयर भरत जोशीले बिजनेसपाटीलाई जानकारी दिएका छन् ।  देशकै कान्छा  मेयर जोशीको चुनाव जित्ने बेला नै यस्तो प्रतिबद्धता व्यक्त गरेका थिए । 

उनले यो अप्ठ्यारोमा अनि लामो प्रक्रियामा सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद पनि दिएका छन् । 

केही समय पहिले परशुराम नगरपालिका मातहतमा रहेको  १५ शैय्याको जोगबुढा अस्पताललाई ५० शैय्यामा स्तरोन्नति गर्दै प्रदेश सरकारले सञ्चालन गर्ने गरी मन्त्रिपरिषद् बैठकले स्वीकृति प्रदान गरेको थियो । 

फेसबुकबाट तपाईको प्रतिक्रिया