२०८२ भाद्र ३०
1.2k views

ललितपुर । आजदेखि देशभर चाडपर्व लक्षित सहुलियत (सुपथ मूल्य) पसल सञ्चालनमा आएका छन् ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले सोमबारदेखि चाडपर्व लक्षित सहुलियत मूल्यका पसलहरू सञ्चालनमा ल्याएका हुन् । खाद्य कम्पनीले देशभरका १५३ स्थानमा र साल्ट ट्रेडिङ कर्पोरेसनले ४२ स्थानमा सहुलियत मूल्यका पसलहरू सञ्चालनमा ल्याएका छन् ।
खाद्य कम्पनीले सहुलियत मूल्य पसलबाट प्रतिकेजी÷प्रतिलिटरमा ५ देखि १० रुपैयाँसम्म छुट दिने जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया