२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज काठमाडौँको न्यूनतम तापक्रम कति छ ?

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष २३
|
4.5k views

ललितपुर । काठमाडौं उपत्यका लगायत देशभर चिसो बढिरहेको छ । केही दिनदेखि काठमाडौं उपत्यकाको तापक्रम घट्दै जानुले उपत्यकामा चिसोबाट हुने मौसमी फ्लुबा बिरामी समेत बढेको चिकित्सकहरू बताउँछन् ।

बुधबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम मंगलबारभन्दा घटेको देखिएको छ। मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको विवरण अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियसमा झरेको छ । यो विहान पौने नौ बजेको समय मापन गरिएको तापक्रम हो ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया