२०८२ आश्विन २
8.2k views

ललितपुर। नेपाली बजारमा असोज महिना लागेसँगै लगातार दोस्रो दिन पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको हो । बुधबार तोलामा २ लाख १६ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य बिहीबार घटेर २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ ।
यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार भने घटेर तोलामा २ हजार ५२० रुपैयाँ कायम भएको महासंघको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया