२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज पनि घट्यो सुनचाँदीको मूल्य

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक १०
|
19.2k views

ललितपुर । नेपाली बजारमा सोमबार पनि सुन र चाँदी दुवैको मूल्य घटेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य २ हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य तोलामा २ लाख ३९ हजार ९०० रुपैयाँ कायम भएको छ । आइतबार भने तोलामा २ लाख ४१ हजार ९०० रुपैयाँ कायम भएको थियो ।

गत साता सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ अन्तिम मूल्य कायम रहेको थियो । यस साताको पहिलो दिन आइतबार बजार खुल्दा भने सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ घटेको थियो । सोमबार त्यसमा पनि २ हजारले घटेको हो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा ३ हजार १५ रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ९८० रुपैयाँ कायम भएको हो । अन्तर्राष्ट्रिय बजारमै मूल्य घटेकाले सुनचाँदीको मूल्य स्थानीय बजारमा पनि घटेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया