२०८२ फाल्गुन ६ | Feb 18, 2026

आज विश्व निमोनिया दिवसः विश्वभर जनचेतनामूलक कार्यक्रमका साथ मनाइँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ कार्तिक २६
|
1.1k views

ललितपुर । आज विश्व निमोनिया दिवस हो । यसका अवसरमा आज विश्वभर निमोनिया रोकथाम र यसका असरबारे जनचेतनामूलक कार्यक्रमहरु गरी मनाइँदैछ । निमोनियाबारे चेतना फैलाउने गतिविधिका साथै बालबालिका मृत्यु दर घटाउने तथा निमोनिया रोकथाम एवं सशक्त स्वास्थ्य प्रणालीमा जोड दिनु आजको आवश्यकता रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको आह्वानमा मनाइने यो दिवसका अवसरमा नेपाल सरकारले पनि रोकथाममुखी स्वास्थ्य सेवा र सबल स्वास्थ्य प्रणाली निर्माणमा जोड दिएको छ ।

‘बालबालिका बचाऔँ सशक्त स्वास्थ्य प्रणाली, रोकथाम र उपचारमा लगानी गरौँ’ नाराका साथ आज देशका विभिन्न अस्पताल एवं स्वास्थ्य संस्थामा चेतनामूलक कार्यक्रम आयोजना हुने बताइएको छ । निमोनिया बालबालिकामा हुने मृत्युका प्रमुख कारणमध्ये एक हो ।

सरकारले निमोनिया नियन्त्रणका लागि प्राथमिक स्वास्थ्य सेवामा लगानी बढाउन, स्वास्थ्यकर्मीको सीप अभिवृद्धि गर्न र आम जनतालाई रोगको जोखिम र रोकथामबारे सचेत गराउनुपर्नेमा जोड दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया