२०८२ आश्विन १६ | Oct 02, 2025

आफनो निर्णयको आफै अवज्ञा गर्दै छन् प्रधानमन्त्री ओली

BusinessPati बिजनेस पाटी
|
२०८२ भाद्र २०
|
1.1k views

ललितपुर। केपी ओली नेतृत्वको सरकारले बिहीबार विभिन्न २६ वटा सामाजिक सञ्जाल लगायत फेसबुक बन्द गर्ने निर्णय गर्‍यो । सोहीअनुसार विहीबार बेलुकादेखि नै इन्टरनेट सेवा प्रदायकले धमाधम फेसबुकसहितका सामाजिक सञ्जाल बन्द गर्न सुरु गरिएको जानकारी गराइरहेका छन् ।

तर आफ्नै नेतृत्वको सरकारले गरेको निर्णय विपरीत प्रधानमन्त्री केपी शर्मा ओलीले भने सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्ना गतिविधि जारी राखेको देखिन्छ । शुक्रबार ओलीको स्वामित्वको बालकोट र प्रधानमन्त्रीको सचिवालय पेजमा एमालेको विधान महाधिवेशनसम्बन्धी पोस्ट भएको हो । उक्त पोस्टलाई लिएर ‘आफै निर्णय गर्ने आफैँ अवज्ञा गर्ने ?’ भन्दै कतिपयले उनीमाथि प्रश्न उठाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया