२०८२ भाद्र २३
2.6k views

विराटनगर । आक्रोशित जेन जी पुस्ताले इटहरी उपमहानगरको कार्यालयमा आगो लगाइदिएका छन् । भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध र सरकारकाविरुद्ध आन्दोलनमा उत्रिएको युवापुस्ताले सुनसरीको इटहरी उपमहानगरपालिकाको कार्यालयमा आगो लगाइदिएका हुन् ।
इटहरीको प्रदर्शन अनियन्त्रित बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालका लागि कर्फ्यु लगाएको थियो ।
निशेधाज्ञा तोड्दै आज दिउँसो पालिका परिसर भित्र प्रदर्शनकारी प्रवेश गरेका थिए । भिड मत्थर पार्ने क्रममा प्रदर्शनकारीलाई लक्षित गर्दै प्रहरीले हवाइफायर समेत गरेको थियो ।
तर प्रदर्शनकारीहरु ठूलो संख्यामा उपमहानगरपालिकाको मेयरको कार्यकक्ष, राजस्व शाखा र स्टोर शाखामा प्रवेश गरेर आगो लगाइदिएका हुन् ।
इटहरी उपमहानगरपालिकाले आगो नियन्त्रणमा आउन नसकेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया