२०८२ आश्विन १६ | Oct 02, 2025

इन्जिनियरिङ पढ्ने विद्यार्थीहरूलाई १५ करोडको छात्रवृत्ति दिँदै नेक

BusinessPati बिजनेस पाटी
|
२०८१ श्रावण ३२
|
102 views

काठमाडौँ ३२साउन –सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित नेपाल इन्जिनियरिङ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि १५ करोड बढीको छात्रवृत्ति छुट्याएको बताइएको छ । बिहीबार राजधानीमा पत्रकार सम्मेलन गरी कलेजले हरेक वर्ष स्नातक तथा स्नातकोत्तर तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई १५ करोड बढीको छात्रवृत्ति प्रदान गरिएको जानकारी दिएको छ ।

चाँगुनारायण नगरपालिकाका मेयर समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयद्वारा गठित नेपाल इन्जिनियरिङ कलेज सञ्चालन समितिका अध्यक्ष जीवन खत्रीले इन्जिनियरिङ अध्ययन गर्ने विद्यार्थीलाई १५ देखि १८ करोड रुपैयाँसम्म छात्रवृत्ति दिने गरेको जानकारी दिनुभयो । ‘पैसा नभएपनि इन्जिनियरिङ पढ्न भनेर नेपाल इन्जिनियरिङ कलेजमा आएका जेहेन्दार विद्यार्थीले पढ्न पाउँछन् ।’ कलेजले जेहेन्दार विद्यार्थीहरूका लागि विभिन्न छात्रवृत्तिहरू प्रदान गर्दै आएको बताउँदै अध्यक्ष खत्रीले भन्नुभयो ।

साथै, उहाँले योग्य विद्यार्थीहरू पैसाका अभावका कारणले नेपाल इन्जिनियरिङ कलेजमा पढ्न पाउँदैन भने त्यो विद्यार्थीलाई चाँगुनारायण नगरपालिकाले पढाउन जिम्मा लिने बताउँदै विद्यार्थीहरूबाट उठेको शुल्क कलेज र विद्यार्थीकै वृत्ति विकासमा खर्च गर्ने भएकाले अन्य कलेजहरूको तुलनामा कम रहेको बताउनु भयो । ‘यो कतै भागवण्डा हुँदैन, कसैलाई जाँदैन, यो राज्यको सम्पत्ति हो । तपाई हाम्रो सम्पत्ति हो ।’ अध्यक्ष खत्रीले स्वदेशमै गुणस्तरीय शिक्षा दिने शैक्षिक संस्था हुँदाहुँदै लाखौं खर्च गरेर सानै उमेरका विदेशिनु गलत रहेको जिकीर गर्दै भन्नुभयो,‘प्लस टु पास हुने वित्तिकै विदेश जानु भन्दा पनि दक्ष भएर सीप सिकेर विश्वको जुनसुकै बजारमा प्रतिष्पर्धा गर्न सक्ने गरि जानुपर्छ ।’ कलेजले उत्पादन गरेका जनशक्ति विश्वमै प्रतिष्पर्धा गर्न सक्ने दावी गर्नुभयो ।

पोखरा विश्वविद्यालयले प्रदान गर्ने १० प्रतिशत छात्रवृत्तिसँगै कलेजले स्थानीय तह ९वडा, नगरपालिका० छात्रवृत्ति, प्रादेशिक छात्रवृत्ति, कलेज टपर छात्रवृत्ति, सेमेस्टर टपर छात्रवृत्तिसमेत दिने अध्यक्ष खत्रीले जानकारी दिनुभयो । कलेजमा विद्यार्थी पढाउन चाँगुनारायण नगरपालिकाले समेत बजेट व्यवस्थापन गर्ने गरेको उहाँको भनाइ छ । उहाँले कलेजबाट अध्ययन गरेका विद्यार्थीहरू विश्वका धेरै ठूल्ठूला कम्पनी र कार्यालयहरूमा कार्यरत रहेको समेत दावी गर्नुभयो । नेपाल इन्जिनियरिङ कलेज स्थापनाकाल देखि नै सामुदायिक कलेजका रूपमा सञ्चालनमा रहेको पनि जनाउनु भयो ।

कलेजका प्राचार्य सह प्राध्यापक दुर्गाप्रसाद भण्डारीले तत्कालिन चाँगुनारायण गा।वि।स।ले कलेज सञ्चालनका लागि १७६ रोपनी जग्गा भोगचलनका लागि उपलब्ध गराएकोले कलेज चलाउन भाडा तिर्नुपर्ने अवस्था नरहेको र कलेज गैरनाफामुलक भएकोले पनि विद्यार्थीहरूलाई बढी छात्रवृत्ति दिइएको, शुल्क कम गरिएको बताउनु भयो ।

पुल्चोक भन्दा प्राइम कलेज भएको भन्दै उहाँले कम शुल्क लिएर पनि कलेजले क्वालिटी एजुकेशन दिइरहेको दावी गर्नुभयो । ‘विद्यार्थीलाई चाहिने वातावरण, पूर्वाधार, ल्याब, अत्याधुनिक पुस्तकालय, पाठ्यक्रम र पाठ्यक्रममा नभएका सीप सिक्ने विषयहरू पनि हामीले दिएका छौं । पुल्चोक कलेजको विकल्पको रूपमा कलेज स्थापना भएको हो ।’ प्राचार्य भण्डारीले बताउनु भयो ।

विश्वब्यापी रूपमा दक्ष जनशक्ति उत्पादन गर्न सोही अनुसार कलेजमा पाठ्यक्रमहरू रहेको, १२३ जना फुल टाइम फ्याकल्टी व्यवस्थापन गरिएको, अधिकतम प्रयोगात्मक शिक्षण विधि अपनाइने गरिएको प्राचार्य भण्डारीको जिकीर छ ।

सो क्रममा १२ पास गरेलगत्तै विद्यार्थीहरू विदेशिनु चिन्ताको विषय भएको भन्दै नेपालमै प्राविधिक शिक्षा अन्तर्राष्ट्रियस्तरको भइरहेका बेला पनि विद्यार्थीहरू उच्च शिक्षाका नाममा विदेशिनु सुखद नभएको उहाँको भनाइ छ । ‘विदेश पढ्न जानु गलत होइन । तर, अभिभावकको रेखदेख र संरक्षणमा हुर्किएको, हातमा कुनै सीप नभएको र आफ्नो भविष्यबारे ठीक ढंगले सोच्न सक्ने क्षमताको विकास भइसकेको हुँदैन,’ उनले भने, ‘त्यसमाथि नेपालीको आर्थिक अवस्थाका कारण सबै विदेश जाने विद्यार्थीहरू अभिभावककै खर्चमा पढ्न सक्दैनन् ।’

कलेजका सहायक प्राध्यापक यमकृष्ण पौडेलले पोखरा विश्वविद्यालयले केही समय अगाडि मात्रै पाठ्यक्रमहरू समय सापेक्ष संशोधन गरिसकेको बताउँदै कलेजले क्वालिटी एजुकेशनमा कुनै सम्झौता नगरेको बताउनु भयो । ‘इन्जिनियरिङ विधाका सबै पाठ्यक्रमहरू विश्वव्यापी एकरुपता हुन्छ,’ उनले भने, ‘नेपालमै इन्जिनियरिङ गरेका विद्यार्थीहरू विश्वका धेरै देशहरूमा प्रतिष्ठित कम्पनी र क्षेत्रमा सफलतापूर्वक अगाडि बढिरहेको प्रशस्त उदाहरण छन् ।’ उनका अनुसार इन्जिनियरिङ विधाका विभिन्न विषयमा दशौं हजार दक्ष जनशक्ति उत्पादन गरिसकेको छ ।

चाँगुनारायण नगरपालिका, भक्तपुरमा रहेको उक्त इन्जिनियरिङ कलेजमा हाल स्नातक तथा स्नातकोत्तर तहका विषयहरूमा अध्ययनरअध्यापन हुँदै आएको छ ।

कलेजले स्नातक तहतर्फ छ वटा विषय र स्नातकोत्तर तहतर्फ चारवटा विषय अध्ययन अध्यापन गराउँदै आएको छ । स्नातक तहमा सिभिल इन्जिनियरिङ ९१४४ सिट०, सिभिल एण्ड रुलर इन्जिनियरिङ ९४८ सिट०, कम्प्युटर इन्जिनियरिङ ९९६ सिट०, इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ ९४८सिट०, इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसनमा ९४८ सिट०, सिभिल फर डिप्लोमा होल्डर्स ९४८ सिट० कलेजसँग छ । भने, बी। आर्किटेक्टमा ४८ सिट रहेको छ ।

स्नातकोत्तर तहतर्फ भने कन्स्ट्रक्सन म्यानेजमेन्ट, इन्टरडिसिप्लिनरी वाटर रिसोर्स म्यानेजमेन्ट, नेचुरल रिसोर्स म्यानेजमेन्ट र ट्रान्सपोर्टेसन इन्जिनियरिङ म्यानेजमेन्टसम्बन्धी अध्यापन हुँदै आएको छ । कलेजमा हरेक वर्ष स्नातक तहमा ४८० जना विद्यार्थी र स्नातकोत्तर तहमा १५० विद्यार्थीहरू भर्ना हुने गर्छन् । मुनाफारहित सामाजिक शैक्षिक संस्थासमेत रहेको उक्त कलेजसँग करिब २०० रोपनी जग्गामा पूर्वाधार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया