२०८२ फाल्गुन ६ | Feb 18, 2026

एक वर्षका लागि बुधबार २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १६
|
2.1k views

ललितपुर । नेपाल राष्ट्र बैंकले एक वर्षे अवधिका लागि आज २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न लागेको छ । यसअघि गत सोमबार मात्र २५ अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले आज फेरि ऋणपत्र जारी गर्न लागेको छ ।

बैंकले बुधबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ख’ जारी गर्ने जनाएको छ । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन्।

बुधबार मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुने र बोलकबोलका माध्यमबाटै यो ऋणपत्रको ब्याजदर निर्धारण गरिने राष्ट्र बैंकले जनाएको छ ।

यो एकवर्षे अवधिको ऋणपत्र हो। यसको साँव भुक्तानी २०८३ पुस १६ गते हुने भने ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ। यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया