२०८२ फाल्गुन ६ | Feb 18, 2026

एमालेको नेतृत्वका लागि विद्युतीय भोटिङ मेसिनमार्फत् आज मतदान गरिँदै

BusinessPati बिजनेस पाटी
|
२०८२ पुष १
|
1.6k views

ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनको आज नेतृत्व चयनका लागि मतदान हुँदैछ । पार्टी आजका लागि मतदानको समय तोकेको हो ।

एमालेको नयाँ नेतृत्व चयनका लागि सोमबार राति उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएर उम्मेदवारको अन्तिम नामावली समेत सार्वजनिक भइसकेको छ ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार कुल ३०१ केन्द्रीय सदस्य, २५ सदस्यीय लेखा आयोग र २५ सदस्यीय अनुशासन आयोगका गरी ३५१ पदका लागि निर्वाचन हुँदैछ । एमालेले यसपटक महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोगमार्फत निर्वाचन गर्न लागेको हो । मतदानमा ८० विद्युतीय भोटिङ मेसिनमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ । महासचिवमा शङ्कर पोखरेल र सुरेन्द्र पाण्डेको उम्मेदवारी परेको छ । मतदानमा कुल दुई हजार २६३ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्दैछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया