एमालेले मन्त्री फिर्ता नबोलाउने

काठमाडौं १८ असार २०८१

नेकपा एमालेले सरकारमा रहेका पार्टीका मन्त्रीहरूलाई तत्काल फिर्ता नबोलाउने भएको छ ।

मंगलबार बसेको एमाले सचिवालय बैठकले सरकारमा सहभागी पार्टीका मन्त्रीलाई तत्काल फिर्ता नबोलाउने निर्णय गरेको हो ।

बैठकपछि बोल्दै एमाले पार्टी उपमहासचिव प्रदीप ज्ञवालीले मन्त्री तत्काल फिर्ता नबोलाउने जानकारी दिए । यस्तै एमालेले बुधबारसम्म राजीनामा दिन प्रधानमन्त्री प्रचण्डलाई आग्रह गरेको छ । एमालेले सरकारमा सहभागी हुन सबै दललाई आह्वान पनि गरेको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया