

सरकार !
लुम्बिनी र कपिलवस्तु
भर्खरै भारतको मानचित्रमा टाँसिएको छ ।
नेपाली शासक चुइँक्क बोल्दैनन्
मेरो देशको शासक !
तिमीलाई देश दुख्दैन ?
सैनिकहरू यसबेला कहाँ छन् ?
प्रहरीहरू यसबेला कहाँ छन् ?
देशभक्तहरू कता छौँ ?
यसैबेला सिंहदरबार जलेको छ ।
यसैबेला संसद भवन जलेको छ ।
यसैबेला सर्वोच्च अदालत जलेको छ ।
यसैबेला उपराष्ट्रपति निवास जलेको छ ।
प्रधानमन्त्रीको निवास जलेको छ ।
राष्ट्रपति निवास जलेको छ ।
अख्तियार अनुसन्धान जलेको छ ।
डेटा सेन्टर कसैको घर थिएन ।
स्थानीय तहको प्रशासन जलेको छ ।
राष्ट्रको सम्पत्ति माथि
घात प्रतिघात हुँदै जलेको छ ।
देश यसबेला प्रताडित भएको छ ।
महाकाली, लिपुलेक, लिम्पियाधुरा, कालापानी माथि घात गरिँदैछ ।
छिमेकीहरूले यसबेला
हामी माथि घात प्रतिघात गरेका छन् ।
हाम्रौ मौनता
हाम्रो कमजोरी र विवशता होइन ।
सरकार वतासे डिम्बा माथि ओथारो बसेर
देशभक्तिको स्वाँग गरिरहेको छ ।
आफ्ना वैभवता हाम्रा राष्ट्रिय धरोहर
पुर्खाले आज्र्याको सिमानाहरू
छिमेकीद्वारा चिथोर्ने गरेको छ ।
मेरो देश माथिको बर्बरता
उत्तर–दक्षिणको मिलोमतोमा
मेरो देश माथि घात प्रतिघात गरिरहेका छन् ।
हाम्रो ऐतिहासिक विरासतले भरिएको राष्ट्रियता
हाम्रा खुल्ला सिमानाका खोटहरू
दक्षिणीतर्फका आतातायी व्यवहारहरू
देशले व्यहोर्नु परिरहेको छ ।
प्रचण्डका घृणित दृश्यहरू
देशद्रोही हरकतहरू
माओवादी लेपनका तिम्रा घृणित कर्तुतहरू
ती क्षेत्रहरूमा तिम्रा हरकतहरू
घृणित देशद्रोही हर्कतहरू
भारतीय नोटको चाङहरू
अग्निको प्रज्वलन खुमलटारमा देखिएका छन् ।
मेरो देशको वैभवता माथि
अरबौँ भारतीय रुपैयाहरूको आडमा
देशप्रतिका तिम्रा गद्दारीहरू
अग्नी दोहनमा सवुति दिएका छन् ।
तिम्रा देशद्रोही हर्कत प्रस्ट भएका छन् ।
भारतीय सरकार !
तिमीले प्रचण्डलाई पुत्ले र पाङ्ग्रे बनाएर
माओवादीको लेपन लगाएर पठाएका थियौ ।
तिम्रो लेपन यसबेला नाङ्गिएको छ ।
माओवादीहरू संसारका प्रिय मान्छे छन् ।
माओवादीहरू इमान्दार हुन्छन्
माओले आफ्नो अर्दलीलाई
एक सिता भात फ्याँकिदा
आइन्दा नफ्याँक्नु,
यो किसानको श्रम हो ।
श्रमलाई सन्मान गर्नुपर्छ सम्झाउन हुन्थ्यो ।
प्रचण्ड तिमीद्वारा बनाइएका माओवादी
हाम्रा भूमि माथि कब्जा गर्न
हाम्रा वैभव माथि अग्नी वर्षाएर
हाम्रो इतिहास माथि घृणितता देखायौँ ।
तिमीलाई देशद्रोही घोषणा गर्छु ।
संयुक्त राष्ट्रसंघ इकाई काठमाडौँ
म तिमीलाई सचेत गर्दै भन्छु –
मेरो देशको लुम्बिनी र कपिलवस्तु
हामी अगाधता
हाम्रो प्रिय भूमि
भारतीय सरकारको हेपाहा नीतिको उपज
मेरो सरकारको मौनता
नव प्रधानमन्त्री !
मेरो देशका भूमिहरू
भारतीय नक्सामा पुनरावृत्त भएका छन् ।
नेपालस्थित संयुक्त राष्ट्रसंघको इकाई
तिमीलाई सचेत गराउँदै भन्छु
मेरो देशको भूमिलाई
तिम्रो नक्सामा हुडलेर
तिम्रो चर्तिकलाको विरोध गर्दै भन्छु
भारतीय विस्तारवाद मुर्दावाद
संयुक्त राष्ट्रसंघ इकाई काठमाडौँ ।
भारतीय सरकारको वरवरता विरुद्ध
तिमीलाई उजुरी हाल्दै
यी कविताका स्वरहरू तिमीसँग पुग्नुपर्छ ।
यो घृणित, विकृतिको विरोधमा
राष्ट्रिय झण्डा आकाशतिर उचाल्दै
मेरो देश जिन्दावाद
छिमेकी भारत !
हाम्रो पुर्खाको वैभवता
लिम्पियाधुरा, लिपुलेक, कालापानी
हाम्रो पुर्खाको सिर्जित भूमि हो ।
हामी नेपालीको वैभवता हो ।
भारत र चीन युद्धताका
केही समयका लागि सैनिकहरूलाई
सुस्ताउनका लागि
तिम्रो याचना
राजा महेन्द्रको पुर्नविचार
छिमेकीप्रतिको सदासयता
नेपाली आत्माको गौरवता छर्केको थियो ।
ती गुणहरू यसबेला लछार्दै छौ ।
हाम्रो जीवनमय भूमि माथि
कब्जा माथि कब्जाको शिलशिला थोपरेर
मेरो देश माथि घात÷प्रतिघात गरिरहेका छौँ ।
छिमेकी भारत !
तिम्रो यो घृणित संस्कारका विरुद्ध
हाम्रा राजाको छिमेकी प्रतिको संस्कार सिकाउँदै भन्छु
राजा महेन्द्रद्वारा उदारता,
छिमेकीको संस्कारको सन्मान गर्न सिक
हाम्रो सदासयताको सम्मान गर ।
मेरो देश बुद्धको तपोभूमि हो ।
मेरो देश भृकुटीको माइती हो ।
छिमेकी प्रतिको सद्भाव
छिमेकी प्रतिको आदरभाव
हामी आफूलाई संस्कारिता ढालेका छौँ ।
मेरो महान देशका एकीकरणकर्ता भन्नुहुन्थ्यो ।
जाइ कटक नगर्नु, झिकि कटक नगर्नु
दुई शताब्दी भन्दा अघिदेखिकै
पृथ्वीनारायण शाहका दिशाबोध
हामीले अङ्गीकार गरेका छौँ ।
हामी हाम्रो देशप्रति गर्व गर्छौ
हामी आफूलाई खरानीमा परिणत गरेर
देश उठाउने उद्दतमा लागिपरेका छौँ ।
हामी आफूमा देश रोपेर भन्ने गर्छौ
जननी जन्म भूमिश्च स्वर्गादपी गरियसी ।
आँपगाछी, तरहरा, इटहरी
फेसबुकबाट तपाईको प्रतिक्रिया