२०८२ फाल्गुन ६ | Feb 18, 2026

कुमारीलाई तलेजुको दर्शन गराइयो

BusinessPati बिजनेस पाटी
|
२०८२ आश्विन १६
|
1.3k views

ललितपुर । नयाँ कुमारी आर्यतारालाई हनुमानढोकास्थित तलेजु भवानीको दर्शन गराइएको छ । तलेजुको दर्शनबाट जीवित देवी कुमारीलाई शक्ति प्राप्त हुने जनविश्वास छ ।

वसन्तपुरस्थित कुमारीघरबाट भैरव, गणेशको यात्रासहित कुमारीलाई तलेजु पुर्याइएको कुमारीघर व्यवस्थापन समितिका संयोजक गौतम शाक्यले जानकारी दिएका छन् । तान्त्रिक रूपमा दीक्षित पुजारीले कुमारीलाई तलेजु भवानीको दर्शन गराएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया